रामपुरमा गृहमन्त्री बस्नेत आउँदै

Shakti-Basnet-रामपुर (पाल्पा),  असार १०  गते । रामपुरमा स्थापना हुन लागेको इलाका प्रशासन कार्यालयको उद्घाटन गर्न गृहमन्त्री शक्तिबहादुर बस्नेत आज आउँदै हुनुहुन्छ । गृहमन्त्री बस्नेतको स्वागतका लागि सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।
आज बिहान १० बजे उद्घाटन हुने कार्यक्रमको आवश्यक तयारी पूरा भएको इलाका प्रशासन कार्यालय रामपुरका कामु शाखा अधिकृत रामकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

पूर्वी पाल्पावासीको स्थानीयस्तरमा नेपाली नागरिकता, पासपोर्ट बनाउन पाउने सुविधासहित प्रशासनिक सेवाका लागि इलाका प्रशासन कार्यालय रामपुरमा स्थापना गर्ने लामो समयदेखिको चाहना, प्रयास र प्रयत्नपछि आजबाट विधिवत् रुपमा कार्यालय उद्घाटन तथा सेवा शुभारम्भ हुनेमा रामपुरवासी खुसी छन् ।कार्यालय स्थापनाको खुसियालीमा यहाँका स्थानीय पञ्चेबाजा, लोकसंस्कृति, विभिन्न आमा समूह, महिला समूह तथा सङ्घसंस्थाले आफ्नो पोसाकमा ¥यालीमा निस्कने तयारी भइरहेको छ । इलाका प्रशासन कार्यालय स्थापना भएपछि रामपुर नगरपालिकासहित पूर्वी पाल्पाका सात गाविसका जनताले गाउँबाटै प्रशासनिक सेवा पाउनेछन् ।

वर्षाले बाटो अवरुद्ध

यसैबीच, वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत पर्ने रकुवाको खैरेनीमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको छ । मोटरबाटोमा पहिरो खसेपछि अहिले पैदल हिँड्नसमेत समस्या परेको छ ।

पहिरोले रामपुर डेढगाउँ बुलिङटारको बाटो अवरुद्ध हुँदा यस क्षेत्रबाट आवतजावत गर्ने यात्रु अलपत्रमा परेको स्थानीयवासी वीरबहादुर बिसीले बताउनुभयो ।

चार दिनदेखि अवरुद्ध बनेको बाटोमा पहिरो हटाउने प्रयास नहुँदा स्थानीयवासी समस्यामा परेका छन् । करिब १५ मिटरको क्षेत्रफलमा पहिरो खसेको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना