मधेसीको अधिकारविहीन संविधान बनाउन नदिने चेतावनी

MAHANTA-THAKURगौशाला, माघ २५ गते । तराई –मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सत्ताधारी पक्षलाई मधेसीको अधिकारविहीन संविधान बनाउन नदिने चेतावनी दिनुभएको छ ।

सत्तापक्षविरुद्ध आन्दोलनमा उत्रेका ३० दलीय गठबन्धनले शनिबार साँझ महोत्तरीको बहेडाबजारमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै ठाकुरले पहिचानसहितको सङ्घीयता, सङ्घीयतासहितको संविधान र संविधानसभाबाट अधिकारसहितको संविधान बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग गरिएको आठबुँदे सम्झौता लागू गरी वर्तमान संविधानबाटै पनि अन्तरिम शब्द हटाएर यही संविधानलाई पनि नयाँ संविधान बनाउन सल्लाहसमेत दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना