उप-सम्पादक अर्याल पुरस्कृत

काठमाडौँ, असार ८ गते । गोरखापत्र दैनिकका उपसम्पादक करुण अर्याल प्रताप स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । नेपाल पत्रकार मञ्चद्धारा हरेक बर्ष एकजना क्रियाशील पत्रकारलाई प्रदान गरिने यो पुरस्कार पत्रकारिता पेशाको निरन्तरता र क्रियाशीलताको सम्मानस्वरुप प्रदान गरिन्छ ।
पत्रकारिताको विकास र अविछिन्न अभ्यासमा वीस बर्षदेखि पु¥याएको योगदानको कदर गर्र्दै पत्रकार अर्याललाई सम्मान गरिएको जनाइएको छ । मंगलबार राजधानीमा आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले पत्रकार अर्याललाई १५ हजार रुपियाँसहित सम्मानित गर्नुभयो ।
कार्यक्रममा मन्त्री ढकालले एकजना पत्रकार सम्मानित हुनु भनेको समग्र पत्राकारिता जगत सम्मानित भएको ठान्नु पर्ने धारणा राख्दै यस्ता सम्मानले सवै पत्रकारलाई पत्रकारिता क्षेत्रमा रहेर अविचलित रुपमा काम गर्न हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । karun
संविधान कार्यान्वयनमा पत्रकारिता जगतको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै मन्त्री ढकालले सवै पत्रकारको सकरात्मक सहयोगको खाँचो औँल्याउनुभयो । पत्रकारिता  क्षेत्रलाई व्यवस्थित गर्न सरकार आतुर रहेको स्पष्ट पार्दै अनलाइनसम्वन्धी बनाइएको कानुनका वारेमा टीका टिप्पणी गर्नुको कुनै औचित्य नभएको उहाँको भनाई थियो ।
“स्वच्छ र व्यावसायिक पत्रकारिता गर्नका लागि यो कानुन कही पनि वाधक छैन ” मन्त्री ढकालले भन्नुयभो –पत्रकारिताका नाममा गलत काम गर्ने नियत वोक्नेहरुका लागि मात्र यो बाधक वन्न सक्छ ।
संविधान जारी गर्नुपर्ने महत्वपूर्ण र ऐतिहासिक दायित्व पुरा गरी राज्य सामाजिक र आर्थिक विकासको चरणमा पुगेको उल्लेख गर्दै मन्त्री ढकालले सवै राजनीतिक दल , सञ्चार क्षेत्र , नागरिक समाजलगायतको सकरात्मक सहभागिताले मुलुकको आर्थिक तथा समाजिक विकासमा ऐतिहासिक उपलव्धी हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
सरकार ठाल्ने र पछार्ने जस्ता प्रचारवाजी गर्नुको कुनै औचित्य नभएको बताउँदै मन्त्री ढकालले स्थानीय, प्रदेश र संसदीय निर्वाचन गराएपछि मात्र वर्तमान सरकार सत्ताबाट वाहिरिने स्पष्ट पार्नुभयो ।
डोटीमा सन १९८० मा जन्मनु भएका समाजसेवी प्रताप बिक्रम शाहीको नाममा उहाँको छोरा योगन्द्र प्रताप शाहीले व्यक्तिगत रुपमा पुरस्कारको स्थापना गर्नुभएको थियो । सो कार्यक्रममा वासिङगटन टाइम्सका पत्रकार डा. रोबट किटेलले पनि मन्तव्य राख्नु भएको थियो । प्रताप बिक्रम शाहीको नाममा स्थापित यो पुरस्कार २०६८ सालमा स्थापना गरिएको  नेपाल पत्रकार मञ्चका अध्यक्ष एवं पुरस्कार वितरण समारोहका सभापति युवराज विद्रोहीले जानकारी गराउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना