पुल नहुँदा जनतालाई दुःख

pulbahuda
दिवाकर पोख्रेल, देउखुरी, माघ २४ गते । दाङको गढवा देखी राजपुर गाविस सम्म पुग्न निकै मुस्किल पर्छ । हिउदमा पनि सवारी साधन वाट आवत जावत गर्न मुस्किल पर्ने यी क्षेत्रका नागरिकहरुले वर्षाको समयमा कस्तो सास्ती भोग्नु पर्दाे हो ? एक पटक सवैले सोच्ने हो भने पनि पुग्छ ।
दर्जन वढी साना तथा ठुला खोलामा पुल नहुदा राप्ती पारीका नागरिकहरुको दुःखको सिमा छैन् । राप्ती नदी तथा खहरे खोला तरेर जाउँ भने वगाउने डर । बर्षौं देखी डुङ्गाको यात्रा गर्न वाध्य उनिहरुलाई कहीले गढवा राजपुर सडक खण्डमा पुल वन्ला र गाडीमा लमही सम्म पुगीने होला ? भन्ने आशा सपना जस्तै वनेको छ ।‘वर्षामा भोग्दै आएको समस्या सम्झदा अहीले पनि डर लाग्छ’वेला–१ मटेरियाका ऋषिराम घिमिरेले भन्नुभयो–‘हिउँदमा पनि राजपुर सम्म पुग्न खोलाका बालुवामा गाडी फसेर हैरान हुन्छ, नियमित ट्याक्सी पनि चल्दैनन् ।’ गढवा वेला हुदै  राजपुर गाविस सम्म पुग्न मानपुर(कक्रहवा) खोला, गुरुङ्ग खोला, सोमय थान खोला, खरदरिया खोला, वसन्तपुर खोला पार गर्नुपर्छ । तर, यी खोलामा अहीले सम्म कुनैपनि पुल वनेको छैन् ।
स्थानीय स्तरवाट हरेक वर्ष स्थानीय स्तरवाट योजना माग गरेपनि कतैवाट सुुुनुवाई हुन सकेको छैन् । राजनैतिक दल, सभासद तथा स्थानीय निकाय संग हार गुहार गरेपनि मागकोे सुनुवाई भएको छैन् । खहरे खोलामा पुल नवन्दा राप्ती पारीको वेला र राजपुर गाविसका वासिन्दालाई टापुमा वसेको अनुभुती हुन्छ ।‘उत्तर तर्फवाट राप्तीले छेक्छ, पश्चिम तथा पूर्ववाट खहरे खोलाले थुन्छ’घिमिरेले भन्नुभयो–‘विरामीलाई अस्पताल सम्म पु¥याउन निकै दुःख हुन्छ, कतीको त वाटैमा मृत्यू पनि हुन्छ ।’ वेला वखतमा सरोकार समितिको नामाकरण गरेपनि राप्ती नदीपारिका गाविसका नागरिकहरुको दैनिकीमा कुनै सुधार भनेहुन सकेको छैन् । राप्ती नदीमा झोलुङ्गे पुल वनाएर वेला र राजपुर गाविसको दुरी घटाउने भनिएपनी अझै सम्म पुल निर्माण वारे कुनै सुरसारनै गरिएको छैन् ।
वेला गाविसका नागरिकले संविधान सभा सदस्य पार्वती डिसी चौधरीलाई खोलामा पुल वनाउन पहल गर्न अनुरोध गरेका छन् । राष्ट्रिय योजना आयोग देखी माथीला निकाय वाट पुल निर्माणकालागी योजना पार्न माग गरेका हुन् । सभासद चौधरीले राप्ती पारीका नागरिकहरुले वर्षेनी भोग्दै आएको समस्या वारे आफुलाई अवगत भएको वताउदै पुल निर्माणकालागी पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना