वाग्मती नदी आसपास क्षेत्रका फोहर व्यवस्थापन

 

 

काठमाडौँ, २४ माघ । वाग्मती नदी सफाइ महाअभियानको ९१औँ हप्तामा आज कुलेश्वर नदी आसपास क्षेत्रबाट ५० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 

गत वर्ष जेठ ४ गतेबाट सुरु भएको सो महाअभियानअन्तर्गत स्थानीय फलफूल बजार आसपासबाट सो परिमाणमा फोहर निकालिएको हो । 

वाग्मती नदीलाई पहिलेकै अवस्थामा फर्काउने उद्देश्यले १०० हप्तासम्म सफाइ गर्न महाअभियान सुरु गरिएको सो महाअभियानको नेतृत्व मुख्यसचिव लीलामणि पौड्यालले गर्दै आउनुभएको छ । 

सो कार्यक्रममा निजामती सेवाका कर्मचारी, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सङ्घसंस्था तथा विद्यालयका विद्यार्थीलगायतको सहभागिता थियो । 

कार्यक्रममा मुख्य सचिव पौड्यालले सो महाअभियानमा जुटेका सबै तह तथा क्षेत्रको सहयोगले कार्यक्रम सफल भएको भन्दै आगामी हप्ता पशुपति आर्यघाट तथा राममन्दिर क्षेत्रमा सफाइ गरिने जानकारी दिनुभयो । 

वातावरणविद् एवम् अभियन्ता अल्का लम्सालले त्यस क्षेत्रमा महानगरपालिकाले लामो समयदेखि फोहर व्यवस्थापन गरेकाले सो स्थान फोहरको डुङ्गुरले पहाड बनेको भए पनि करिब छ हप्तादेखिको निरन्तर प्रयासले अहिले समथर र सफा भएको हुँदा त्यहा विभिन्न बिरुवा रोपेर स्वच्छता र हरियाली कायम गर्नुपर्ने बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना