काँग्रेसको प्राथमिकता संविधानको कार्यान्वयन - सभापति देउवा

नेपालगन्ज, असार ३ गते  । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सस्तो लोकप्रियता प्राप्तिको दिशामा वर्तमान सरकार क्रियाशील देखिएको टिप्पणी गर्नुभएको छ ।

आज बिहान नेपालगन्ज विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले भूकप्प प्रभावितको पुनःस्थापना, मधेस आन्दोलन र जनताको जनजीविकालाई सरकारले सम्बोधन नसकेको आरोप लगाउनुभयो ।

“जनताको परिवर्तनप्रतिको चाहना र भावना बुझेर सरकारले काम गर्नुपर्ने सुझाव दिँदै सभापति देउवाले संविधानको कार्यान्वयनमा आफ्नो दल सधैँ एक पाइला अघि रहन्छ भन्नुभयो ।

मौसम अनुकूल नभएपछि जुम्लाको उडान अवरुद्ध हुँदा देउवा नेपालगन्जमै रोकिनुभएको छ । पार्टी सभापति देउवा आज नेपालगन्जमै बस्नुहुनेछ । नेपाली काँग्रेस जुम्लाका सभापति स्वर्गीय मानव सेजुवालको शालिक अनावरण गर्न त्यसतर्फ जान लाग्नुभएको हो ।

काँग्रेसको प्राथमिकता संविधानको कार्यान्वयन

यसैबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारमा आप्mनो दल सहभागी नहुने स्पष्ट पार्नुभएको छ ।

प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटका अवसरमा उहाँले भन्नुभयो—“काँग्रेसको पहिलो प्राथमिकता संविधानको सफल कार्यान्वयन भएकाले सरकारमा जान हामीलाई हतार छैन ।”

सरकारले भनेजस्तो स्थानीय निकायको संरचनासम्बन्धी आयोगको म्याद नै आगामी फागुनसम्म रहेकाले मङ्सिरमा स्थानीय निकायको निर्वाचन गर्न सम्भव छैन भन्नुभयोे ।

सरकारले मङ्सिरमा चुनाव गरायो भने काँग्रेस निर्वाचनमा सहभागी हुन्छ कि हुँदैन रु भनी पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उहाँको भनाइ थियो—‘कि सरकारले निर्वाचनसम्बन्धी आयोग खारेज गर्नु प¥यो कि निर्वाचनको मिति सार्नु प¥यो, अनि मात्र चुनावको औचित्य पुष्टि हुन्छ ।’

अर्को एक प्रश्नको जवाफमा उहाँले संविधानको सफल कार्यान्वयन तब मात्र सम्भव छ जब स्थानीय निकाय, प्रदेश र राष्ट्रिय निर्वाचन हुन्छ भन्नुभयो ।

सभापति देउवाले मधेसी मोर्चा र आन्दोलनमा रहेका अन्य घटकसँग सरकारले औचित्यपूर्ण वार्ता गर्नुपर्ने सुझाव दिँदै त्यसमा आप्mनो दलको समन्वयकारी भूमिका रहन्छ भन्नुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना