संविधान कार्यन्वयन कांग्रेसको काँधमा–सभापति देउवा

बिस्नप्रसाद न्यौपाने, जुम्ला अजार २ गते । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले संबिधान कार्यन्वयनको जिम्मा कांग्रेसको काँधमा रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस जुम्लाका पुर्व पार्टी सभापती स्वर्गिय मानव सेजुवालको शालिक अनावरणका लागि प्रदेश नं. ६ कर्णाली प्रदेशको पार्टी सभापती भएपछिको पहिलो औपचारीक भ्रमणमा आउनुभएका सभापती देउवाले नेपाली कांग्रेस जुम्लाले आयोजना गरेको बिशाल आमसभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

नेपाली कांग्रेसको नेतृत्वमा मुलुकले समावेशी संबिधान पाएको छ सभापती देवाले भन्नुभयो, कार्यन्वयनको जिम्मेबारी पनि कांग्रेसको काँधमा आएको छ । बर्तमान सरकारले संबिधान कार्यन्वयनका लागि तदारुपता नदेखाएको बताउदै उहाँले संबिधान कार्यन्वयन सँगै तत्काल तीन वटा निर्बाचनको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, अब मुलुकमा स्थानिय निकाय, प्रादेशी तथा संसदको निर्बाचन गराउनु पहिलो प्राथमिक्ता हो । यदी समयमै स्थानिय निकायको निर्बाचन, प्रादेशीक निर्बाचन र संसदको निर्बाचन गर्न सकिएन भने फेरी मुलुक अस्थिरता तिर जानेछ ।
       नेपाली काँग्रेस जुम्लाका सभापती दीपबहादुर शाहीको अध्यक्षतामा भएको आमसभाका प्रमूख अतिथि समेत रहनुभएको पार्टी सभापती देउवाले नेपालमा प्रजातन्त्रको विकल्प नरहेको बताउनुभयो । उहाँले नेकपा एमाले, माओवादी केन्द्र लगायतका कम्यूनिष्ट पार्टीहरु प्रजातन्त्रबादी हुनै नसक्ने ठोक्कुवा गर्दै प्रजातन्त्रलाई बलियो बनाउनका लागि फरी पनि कांग्रेस बलियो हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले २००७ सालको प्रजातन्त्रको आन्दोलनदेखी मुलुकको शान्तिका लागि नेपाली कांग्रेसले नेतृत्व गर्दै आएको बताउदै सभापती देउवाले अब माओवादी त्रास मुक्त समुदाय बनाउनका लागि पनि कांग्रेस सक्रिय रहेको बताउनुभयो । प्राकृतिक सम्पदाहरुको धनी कर्णाली हजारौ सम्भावनाहरुलाई थाती राखेर बसिरहेको कर्णाली विकासमा पछाडी पारिएका कारण ओझेलमा परेको बताउदै सभापती देउवाले कर्णालीको विकासका लागि अब कांग्रेस नेतृत्व गर्ने बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना