जनभावना अनुसार संविधान जारी हुने

Bidhya Bhandariजितेन्द्रनारायण ठाकुर विराटनगर माघ २४ गते । नेकपा एमालेका उपाध्यक्ष विद्या भण्डारीले जनभावना अनुसार संविधान जारी हुने बताउनुभएको छ । उहाँले संविधानसभाको निर्वाचन जनभावना अनुसार संविधान निर्माण गर्नको लागी भएकाले जनभावना अनुसार नै संविधान निर्माण हुने दावी गर्नुभयो । विराटनगरमा शनिवार प्रेश चौतारीको १७औं स्थापना दिवसको अवसरमा आयोजित कृष्ण प्रसाद सिग्देल स्मृति पत्रकारिता पुरस्कार समारोहमा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।
पूर्व रक्षा मन्त्री समेत रहुन भएकी भण्डारीले संविधान जनभावना अनुसार हुने भएकाले सम्झौताको हवाला दिदै संविधान निर्माणमा अवरुद्ध पार्नु जनभावना विपरित भएको जिकिर गर्नुभयो । उहाले जनआन्दोलनको उपल्बधी नै संघिय लोकतान्त्रिक संविधान निर्माण भएकाले विधि र प्रक्रिया पु¥याएर संविधान जारी हुने बताउनुभयो । उहाले भन्नुभयो– सम्झौताको अधारमा संविधान निर्माण गर्नु परे भने किन दोस्रो पटक संविधानसभाको निर्वाचनमा भाग लिएको ? ।‘ उहाले मुलुकलाई तनाववाट मुक्त पार्ने जसरी भएपनि संविधान जारी गर्नुको विकल्प नरहेको बताउनुभयो ।
आफुहरुको सात प्रदेश नै बदम लाईन रहेको बताउनुहुदै उहाले संविधानसभावाट संविधान निर्माणको गर्न विधि र प्रक्रिया संगै छलफल र संवाद गर्न तयार रहेको बताउनुभयो । उहाले दुईचार जनाले बहिष्कार गर्दैमा संविधान निर्माणको प्रक्रिया नरोकिने बताउनुहुदै अन्तिरिम संविधानले व्यवस्था गरेको विधिवाट दुई तिहाइको अधारमा संविधान जारी हुने बताउनुभयो । प्रेश चौतारीको १७औं स्थापना दिवसको अवसरमा आयोजित कृष्ण प्रसाद सिग्देल स्मृति पत्रकारिता पुरस्कार वाट विराटनगरका युवा सक्रिय पत्रकार भक्त राईले पुरस्कृत हुनुभएको छ । राईंलाई एमालेका उपाध्यक्ष भण्डारीले प्रमाण पत्र सहित नगद रु ५ हजारले पुरस्कृत गर्नुभएको हो । 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना