वर्तमान सरकार नै राष्ट्रिय सहमतिको सरकार बन्ने जिकिर

shreedhan raiबाँके, असार २ गते । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले वर्तमान सरकारको नेतृत्व मा नै राष्ट्रिय सहमतिको सरकार गठन हुने बताउनुभएको छ ।  प्रेस चौतारी बाँकेले बिहीबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा सरकार प्रबक्ता समेत रहनुभएका मन्त्री राईले भन्नुभयो–सहमतीय सरकार गठनका लागि सबै दलहरु बीच सहमति भएमा अरु कसैको नेतृत्वमा पनि सरकार गठनका लागि प्रधानमन्त्री बाधक बन्नुहुनेछैन् भन्नुभयो । 

मन्त्री राईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक मुलुकको प्रधानमन्त्री भएपछि आम नागरिकमा देशविकासको नयाँ आशा र विश्वास पलाएको बताउदै ओलीको विकल्प विगतमा परिक्षण भईसकेका अर्को कुनै पुर्व प्रधानमन्त्री हुन नसक्ने टिप्पणी  गर्नुभयो ।
प्रधानमन्त्री ओलीको अर्को विकल्पबाट कुनैपनि आशा गर्न सकिदैन, मन्त्री राईले भन्नुभयो,– सहमतिय सरकार गठनका लागि वर्तमान सरकार प्रयासरत छ । मन्त्री राईले सहमतीको सरकार गठनका लागि नेपाली काङ्ग्रेस पनि तयार हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री राईले सरकारले वार्ता र संवादका लागि असन्तुष्ट मधेसी मोर्चा, गठबन्धन लगायत सबै पक्षलाई हात-हातमा पत्र थमाएको बताउनुभयो । सरकार टेबुलमा बसेर सबै समस्या समाधानका लागि छलफल गर्न तयार रहेको बताउदै मन्त्री राईले तर अनुचित कुरामा भने सम्झौता गर्न नसकिने स्पष्ट पार्नुभयो ।
हिमाल–पहाड र तराई अलग गर्ने वा जातीय आधारमा प्रदेश निर्माण गर्ने विषय मान्य नभएको उहाँको भनाई छ । मन्त्री राईले सङ्घीयताका विषयमा संविधानमा आयोगले टुंगो लगाउने उल्लेख भएपनि सरकार लचकरुपमा प्रस्तुत भएर राजनीतिक संयन्त्रबाट तीन महिनामा हल गर्ने निर्णय गरेको बताउनुभयो । संविधानका कुन धारा, भाग र दफाले कुन जातीलाई विभेद गरेको छ त्यो देखाउन मन्त्री राईले चुनौती दिनुभयो ।
मन्त्री राईले मङ्सिरमा जसरी पनि स्थानीय निकायको निर्वाचन गरिने स्पष्ट पार्नुभयो । राजनीतिक सहमती भएमा नयाँ संरचना अनुसार निर्वाचन हुने बताउदै उहाँले सहमती नभएपनि अहिलेको संरचना अनुसार अन्तरिम कालका लागि भएपनि स्थानीय निकायको निर्वाचन गरिने बताउनुभयो ।
मन्त्री राईले एनसेलका टावरमा नेकपा माओवादी विप्लव समुहले गरिरहेको आक्रमणको निन्दा गर्दै विदेशी लगानी र आर्थिक विकास र समृद्धि रोक्नेलाई कारवाहीका लागि सरकारले आवश्यक निर्देशन दिईसकेको बताउनुभयो । उहाँले चिनिया ईन्टरनेट एक महिनाभित्र संचालनमा आउने जानकारी दिनुभयो । कोहलपुरस्थित नेपाल टेलिभिजनको क्षेत्रीय प्रशारण केन्द्र छिट्टै संचालनमा आउने उहाँको भनाई छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना