अग्रगामी संविधान नबन्ने खतरा

Baburam_Bhattaraiरुपन्देही, माघ २४ गते । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले संविधानसभाबाट अग्रगामी संविधान नबन्ने खतरा बढेको बताउँनुभएको छ । उहाँले भन्नुभयो, ‘संविधानसभा हालसम्म हामीले गरेको अग्रगामी प्रयासहरु खेर जाने जोखिम बढेको छ ।’
क्रान्तिकारी पत्रकार संघ नेपाल रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोन्दै नेता भट्टराईले घुमाइफिराई पुरानै संविधानलाई नयाँ नाम दिन खोजिएको उल्लेख गर्नुभयो । सासकीय स्वरुप, निर्वाचन प्रणाली र संघीयताका तीन प्रमुख विषयमा अन्तरविरोध भएकाले संविधानसभाबाट संविधान निर्माण हुन नसकिरहेको भट्टराईले बताउँनुभयो । संविधानसभाबाट अग्रगामी संविधान नबन्ने संकेत देखिएपछि आफूहरुले संविधानसभा छोडेर जनमत बुझ्न मेची महाकालीको यात्रामा निस्केको उहाँको भनाई छ । संविधान बन्न नसक्नुको कारण जनतालाई बताउँन र जनताको राय बुझ्न आफूहरु देशदौडाहामा लागेको नेता भट्टराईको भनाई छ ।
संविधानसभामा नेकपा एमाले र नेपाली काँग्रेसले आफूहरुलाई पेलेरै जान खोजेकाले संविधानसभा वहिस्कार गरेको भन्दै नेता भट्टराईले बहुमतको आधारमा पेलेरै जान खोजिए त्यसले थप द्धन्द्ध निम्त्याउने उल्लेख गर्नुभयो । खासगरी नेकपा एमालेको नेतृत्वले गलत प्रचार गरेर जनतालाई भ्रमित पार्ने प्रयास गरिरहेको भन्दै नेता भट्टराईले एमालेलाई कम्युनिष्ट भन्न लाज भएको तर्क गर्नुभयो । पहिचानका पाँच आधारहरु स्वीकार गरेको एमालले अहिले त्यो छोड्दै गएको उहाँले आरोप लगाउनुयभो ।
एमाले नेतृत्वकै योजनामा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले सुरक्षाकर्मी प्रयोग गरेर संविधानसभामा बलमिचाई गरेको आरोप पनि उहाँले लगाउनुभयो । नेता भट्टराईले माघ ८ अघिनै एमाले काँग्रेसले दुईपक्षीय वार्ताको औचित्य छैन भनेकोले अब सार्थक वार्ता गर्ने वातावरण नबनाएसम्म वार्तामा बस्नुको औचित्य नहुने दावी गर्नुभयो । वार्ता सार्थक हुने संभावना देखिएमात्र आफूहरु वार्तामा बस्ने उहाँको भनाई छ । आफूहरुको ३० दलीय मोर्चाको अडान र निर्णय यथावत रहेको भन्दै उहाँले विजयकुमार गच्छेदारको अनौपचारिक कुराकानीलाई लिएर मोर्चालाई फुटाउने पहल गरिएको बताउनुभयो । गच्छेदारले राखेको भनिएको प्रस्ताव वास्तवमा एमाले काँग्रेसको प्रस्ताव भएको नोता भट्टराइको तर्क छ ।
पत्रकार सम्मेलन क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्य यानेन्द्र जीसीको अध्यक्षतामा भएको थियो । नेता भट्टराईले शनिबारै यहाँका उद्योगी व्यवसायीसंग छलफल गर्नुभएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना