वन्यजन्तुको आक्रमणबाट बच्न चेतनाको आवश्यक

Mahesh Acharya banmantriभद्रपुर, माघ २४ गते । वन तथा भू–संरक्षणमन्त्री महेश आचार्यले वन्यजन्तुको आक्रमणबाट बच्न राष्ट्रिय बहस एवम् चेतना आवश्यक रहेको बताउनुभएको छ ।

जिल्ला वन कार्यालय झापाद्वारा शुक्रबार बाहुण्डाङ्गीमा आयोजित समुदायमा आधारित मानव हात्ती द्वन्द्व व्यवस्थापन परियोजनाअन्तर्गत निर्माण हुन लागेको विद्युतीय तारवार शिलान्यास कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

यो प्रविधिले सही काम गर्नसकेमा मानव र हात्तीबीचको द्वन्द्व समाप्त भई जनधनको क्षति कम हुने भन्दै मन्त्री आचार्यले वन्यजन्तुको वासस्थानको सुनिश्चितातर्फ पनि सबैको ध्यान जानु जरुरी छ भन्नुभयो ।

विगत चार दशकदेखि भारतबाट प्रवेश गर्ने जङ्गली हात्तीले झापाको बाहुण्डाङ्गीमा जनधनको क्षति भइरहेको अवस्थामा हात्तीबाट जोगाउन विश्व बैंक र प्रकृति संरक्षण कोषको सहयोगमा रु एक करोड २० लाखको लागतमा इलामको जिरमले गाविस¬–३ को दुधे खोलादेखि मेची नगरपालिका–१० सम्म १८ किमी लम्बाइको विद्युतीय तारवार लगाउने काम आगामी छ महिनाभित्र सम्पन्न हुने बताइएको छ ।

सो कार्यक्रमको सभापतित्व जिल्ला विकास समिति झापाका स्थानीय विकास अधिकारी फणीन्द्र दाहालले गर्नुभएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना