छानबिन आयोगमा एक सय ८८ उजुरी

पाँचथर, जेठ ३२ गते । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा एक सय ८८ उजुरी परेका छन् ।

उजुरी लिने संस्था स्थानीय शान्ति समितिले पीडितले सो उजुरी दिएको जनाएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगमा एक सय ७७ र बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोगमा ११ उजुरी परेको हो ।

तीमध्ये धेरै उजुरी राज्य पक्षसँग सम्बन्धित छन् । निकै कम मात्रामा तत्कालीन विद्रोही पक्ष माओवादीसँग सम्बन्धित छन् । दशवर्षीय जनयुद्धका क्रममा मारिएका, बेपत्ता पारिएका, घाइते तथा अङ्गभङ्ग बनाइएका, विस्थापित, सम्पत्तिमा क्षति, कुटपिट र चन्दा असुलिँदा पीडित भएका परिवारले उजुरी दिएका हुन् ।

उजुरीमाथि आयोगले छानबिन गरी सरकारलाई घटनामा संलग्नलाई कारबाहीका लागि सिफारिस गर्नेछ । शान्ति समितिका सचिव टङ्क पौड्यालका अनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई उजुरी पीडितबाट लिन थप एक महिना म्याद थप गरिएको छ ।

अब पीडितले असार मसान्तसम्म फिदिममा रहेको शान्ति समितिको कार्यालयमा गएर उजुरी दिन सक्ने भएका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी लिन भने असार २ गतेसम्म पाउनेछन् । शान्ति समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा गत वैशाख २ र सत्य निरुपण आयोगमा वैशाख ५ गतेदेखि उजुरी लिन थालेको हो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना