बाढीपछि हिलो सोहोर्दै बेनीवासी

ठाकुरप्रसाद आचार्य

बेनी (म्याग्दी), जेठ ३२ गते ।  अव्यवस्थित सडक विस्तारका कारण बेनी बजारमा बाढीसँगै पसेको हिलो हटाउन थालिएको छ ।  शनिबार राति आएको बाढीले म्याग्दीको सदरमुकाम बेनीका १२० घरमा हिलो पसेको थियो ।  हिलोका कारण घर तथा पसल गरी डेढ करोड रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
बस्तीमाथि रहेको निर्माणाधीन बेनी–देउराली सडकबाट आएको हिलो १२० घरमा पस्दा एक करोड ३८ लाख रुपियाँ बराबरको धनमाल क्षति भएको प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले जानकारी दिनुभयो ।  उहाँले अझै चारवटा घरको क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको जानकारी दिनुभयो ।  badhi pa6i hilo
हिलोले खाद्यान्न, तरकारी, कपडा, स्टेसनरी, इलेक्ट्रोनिक्स, डेरी, सुनचाँदी, मोबाइल, हार्डवेयर, मासु पसलका सामान नष्ट भएका छन् ।  लेदो र ढुङ्गासहितको बाढी नाली फुटेर क्याम्पसचोक र मङ्गलाघाटको बस्तीमा पसेको थियो ।
बाढीको सहज निकासको व्यवस्था नहुँदा बर्सेनि बाढीको समस्या दोहोरिएको स्थानीयवासी नारायणदत्त सुवेदीले बताउनुभयो ।  क्याम्पसचोकमा यसअघि पनि २०६३, २०६९ र २०७२ मा बाढी आएको थियो ।  २०६७ मा त्यही सडकबाट आएको बाढीले मङ्गलाघाटस्थित कर्मचारी आवास भवन डुबानमा परेका थिए ।
क्याम्पसचोकमा थुप्रिएको हिलो जिविस र नगरपालिका कार्यालयको समन्वयमा आइतबार दिनभर सडक विभागको लोडर, निजी कम्पनीको जेसीभी र दुईवटा टिपर परिचालन गरेर हटाइएको थियो ।  सोमबार पनि हेभी इक्विपमेन्ट प्रयोग गरेर बाढी व्यवस्थापन कार्यलाई निरन्तरता दिइने बेनी नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले बताउनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना