वार्ताका लागि मधेसवादी दललाई अपिल

काठमाडौँ, जेठ ३१ गते । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले आन्दोलन छाडेर वार्तामा आउन मधेसवादी दलसँग आग्रह गर्नुभएको छ ।

रिपोटर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा वार्ताका लागि सरकारले आज मात्रै सङ्घीय गठबन्धनलाई औपचारिक पत्र पठाएको बताउँदै नेकपा (एमाले) नेता समेत रहनुभएका रिमालले मधेसी समुदायको विषयलाई वार्ता र संवादमार्फत समाधान गर्न सरकार तयार रहेको स्पष्ट पार्नुभयो ।

‘कुनै पूर्वाग्रह नराखी वार्ताका लागि प्रधानमन्त्रीले पटकपटक पत्र पठाउनुभएको छ, तर उहाँहरू (मधेसी दल) वार्ताका लागि तयार हुनुहुन्न, सरकार मेधसी दलसँग दुरी बढाउन चाहँदैन । त्यसैले ठोस वार्ताका लागि अपिल गर्दछु’–उहाँले भन्नुभयो ।

मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले वार्ताका लागि सरकारले पछिल्लोपटक पठाएको पत्र सकारात्मक भए पनि सरकारले वार्ताका लागि विश्वासको वातावरण सिर्जना गर्नपर्ने बताउनुभयो ।

सङ्घीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले मधेसवादी दल वार्ताको विरोधी होइन, तर सरकारले वार्ताको नाममा खेलाँची गरिरहेको छ भन्नुभयो ।

तराई–मधेस लोकतान्त्रिक पार्टीका सह–अध्यक्ष जितेन्द्र सोनलले दुई तिहाई बहुमतले संविधान संशोधन गर्न तयार भएको खण्डमा मात्र मधेसी मोर्चा वार्तामा बस्ने स्पष्ट पार्नुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना