एमाले नेतृत्व सर्वसम्मत चयन

cpnuml_election_symbolललितपुर, जेठ ३१ गते । नेकपा (एमाले) क्षेत्र नम्बर १ मा तेस्रो क्षेत्रीय अधिवेशनबाट प्रभाकर थापाको नेतृत्वमा ५१ सदस्यीय क्षेत्रीय समिति सर्वसम्मत रुपमा चयन भएको छ । गत जेठ २९ र ३० गतेको अधिक प्रयासपछि नेतृत्व चयन गर्न सफल भएको निर्वाचन मण्डलका अध्यक्ष सुशीला नेपालले बताउनुभयो ।

अधिवेशनले क्षेत्रीय उपाध्यक्षमा कवीन्द्र लामा, सचिवमा पुरुषोत्तम हुमागाईं, उपसचिवमा राजेन्द्र न्यौपानेलाई चयन गरेको छ । यसैगरी सदस्यमा दर्शनकुमार विष्ट, विष्णुहरि नकर्मी, रामकुमार केसी, मैया केसी, कुमार न्यौपाने, रवीन्द्र सिलवाल, चीन लामाल, धु्रव सापकोटा, लक्ष्मण न्यौपाने, गायत्री केसी, केशव गिरीलगायत रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष थापाले आफ्नो तीनवर्षे कार्यकालमा सङ्गठनलाई पूर्णरुपमा चलायमान बनाएर पार्टीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पार्टीले दिएको निर्देशनलाई सदैव आत्मसात् गर्दै अघि बढ्ने सङ्कल्प गर्नुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना