भत्काइँदैछ ः नेपाली भाषाको संरचना

Medini kumarमेदिनीकुमार केवल

 

भाषा जीवनको प्रतीक हो ।  भाषाबाट नै कुनै जाति जागृत छ तथा समृद्धशाली छ वा छैन भन्ने कुरा चिन्न सकिन्छ ।  नेपाली सबैको सम्पर्कको माध्यम भाषा भएको छ ।  यस समृद्धशाली, गौरवशाली र जीवन्त भाषालाई क्षतविक्षत बनाउन केही लहडी व्यक्ति तत्परताका साथ लागिपरेको देखिन्छ ।  यस विषय माथि अहिले सर्वत्र चिन्ता र चासो प्रकट हुन थालेको छ ।
नेपाली शब्दको नाम आउनासाथ पृथ्वीनारायण शाहको नाम हाम्रा अगिल्तिर जोडिन आइपुग्छ ।  आधुनिक नेपाल राष्ट्रको उदय हुनुभन्दा पहिले नेपाली शब्द आजको भाँति यति माथि शिखरमा उक्लिएको थिएन ।  आधुनिक नेपालको निर्माणसँगै नेपाल राष्ट्रको एकीकरण गर्ने श्रेय पाएका पृथ्वीनारायण शाहले गोरखाली, नेवारी र किराँतीहरू माझ एकताको बीउ रोपी दिए ।  यी तीन वटै जाति एक अर्कासँग घनिष्टतम्  सम्बन्ध बढ् दै जाँदा परस्परमा सांस्कृतिक एवं भाषिक समिश्रण हुन पुग्यो ।  तीन वटै भाषाका शब्द एक अर्कासँग मिसिन पुगे ।  
आफूलाई गोरखाली, नेवारी र किराँती भन्न छाडेर तिनीहरूले सबैलाई सम्बोधन हुने खालको शब्द नेपाली भन्न रुचाए ।  गोरखाली, नेवारी र किराँतीको त्रिकोणबाट उद् गम भएको नेपाली भाषा आदिकवि भानुभक्तको रामायणबाट अझ पुष्पित हुँदै अमर सञ्जीवनी बन्न पुगेको छ ।  यसरी वीरता, सीप र जाँगर जस्ता गुणले भरिएको समष्टिरूप नेपाली जाति र नेपाली भाषा आज विश्व वाङ् मयको क्षेत्रमा एउटा व्यापक अर्थ बोकेर उभिएको छ ।
भूमण्डलीकरण तथा विश्वव्यापीकरणको आजको युगमा नेपाली भाषा तथा साहित्यले नेपाल राष्ट्रभन्दा बाहिरसमेत आफ्नो क्षेत्र विस्तार गर्दै लगेको छ ।  यो औधि खुसीको विषय हो ।  संसारका जुन कुनै देशमा नेपाली जहाँ जहाँ पुगेका छन् , नेपाली भाषा, साहित्य तथा संस्कृति त्यहाँसम्म फैलिँदै छ ।  यसैगरी छिमेकी मुलुक भारतमा नेपाली भाषाले संवैधानिक मान्यता प्राप्त गरिसकेको छ ।  यत्रो विशालता ओगटिसकेको भाषा नेपालीमाथि यतिविध्न भाँडभैलो किन ? भाषा–साहित्य सीमित भूगोलभित्र मात्र अटाउँछ भन्नु सङ् कीर्णताको पराकाष्ठा हो ।  भाषा त एउटा ध्वनि हो, यसलाई न हावाको बेगले छेक्न सक्छ न त टुक्राउन सकिन्छ न त पानीले नै गलाउन सक्छ ।
राष्ट्र वा राज्य निश्चित भूगोलको सीमा रेखाभित्र अटायो भन्दैमा भाषालाई भूगोलको सीमाभित्र बाँध्न खोज्नु हुँदैन ।  शेक्सपियर, टालस्टाय, म्याक्सिम गोर्की, लु स्युन, जोन कीट् स जस्ता साहित्यकारबाट लेखिएका साहित्य आज विश्वका अन्नत सीमा रेखालाई तोडी विश्वव्यापी बन्न पुगेको उदाहरण हाम्रा सामु घामझैँ छर्लङ् ग छ ।  हामी चाहिँ हाम्रा अग्रज नेपाली साहित्यकारले १९९८ को “बगली कोष ” नै लेख्य नेपाली भाषाको मानक पद्धति विकसित भइसकेको भाषाको जरो उखेल्न उद् घृत किन ? नेपाली भाषाको परम्परागत स्थापित संरचनालाई क्षतविक्षत बनाएर होइन, प्रत्येक नेपालीको शिर उँचो हुनेगरी भाषाको संरक्षण र विकासको अहिलेलाई खाँचो छ ।  
भाषाको प्रयोग दुई प्रकारले हुनेगर्छ ।  लेखेर वा बोलेर प्रयोगमा ल्याइन्छ ।  कुनै पनि भाषालाई स्थायित्व दिने र एकरूपता प्रदान गर्ने मूल आधार लेखन पद्धति हो ।  यही नेपाली भाषाको लेख्य प्रणालीलाई अस्थिर बनाएर भाषाको परम्परित एकरूपतालाई क्षतविक्षत बनाइ यसको अस्तित्व निमिट् यान्न पार्ने कोसिस यतिखेर नेपालमा भइरहेछ ।  भाषामा सरलताका नाममा जटिलता थप्ने मात्र नभएर भाषाको संरचना नै ध्वस्त बनाउने खेल हुँदैछ  ।  भाषा तŒवको दृष्टिले कथ्य भाषा अनेक हुनसक्छन्  तर लेख्य भाषाको मापदण्ड अनेक हुनसक्दैन एकै प्रकारको हुनुपर्छ र अनुशासित हुनुपर्छ ।
आज नेपालको समृद्ध नेपाली भाषालाई लिएर अनावश्यकरूपमा भत्काउने जुन यत्न गरिँदैछ, त्यो निश्चय पनि भाषा विज्ञानको मूल सिद्धान्त र लेख्य परम्परामाथिको निर्मम प्रहार हो ।  नेपाली भाषाको यथास्वरूपलाई अतिरञ्जित बनाउने नचाहिँदो प्रचञ्च हो ।  दुनियाँमा भाषामाथिको दुर्गन्ध फिजाउने एउटा घिनलाग्दो षड् यन्त्र हो ।  यस्ता विषवमनले नेपाली भाषाको अस्तित्व र नेपाली जातीय एकता तथा अखण्डता माथि बित्थामा आघात पु¥याउने छ भन्ने ज्ञान हुनु जरुरी छ ।  
वर्णविन्यासको सिद्धान्त नअपनाइ नेपाली भाषामाथि मनगढन्ते तवरले प्रहार गर्दा नेपाली भाषा बोल्ने वा लेख्ने साहित्यकार प्रयोक्ता मात्र नभएर मैथिली, भोजपुरी, अवधि, थारू आदि भाषा अन्तर्राष्ट्रिय जगत् मा जहाँ नेपाली भाषा लेखिन्छ पढिन्छ, त्यहाँसम्म यसले दूरगामी प्रभाव पार्छ ।  यसका अतिरिक्त यस्तो दूरगामी महŒव राख्ने भाषाका प्रयोक्ता, भाषाविद् ÷ध्वनि विज्ञानका विज्ञहरू अध्यापक–प्राध्यापकका बीच वैचारिक बहस नचलाइ स्थापित मानकलाई भत्काउने अधिकार कसले दियो ? एक्लो कोठाभित्र भत्ता खाई कानेखुसीका भरमा भाषाको संरचना बिगार्ने चेष्टा गरियो भने त्यो अशोभनीय हुन जानेछ ।  यति हुँदाहुँदै पनि भत्काउने दुष्प्रयास गरिएका खण्डमा नेपाली भाषाप्रेमीका लागि असह्य हुनेछ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना