• ६ चैत २०८०, मङ्गलबार

महिला क्याम्पस सञ्चालन तयारी

blog

बाँके समाचारदाता

बाँके, असोज ९ गते ।  मधेशी र मुस्लिम छात्रालाई लक्षित नेपालगञ्जमा स्थापना गरिएको मङ्गलप्रसाद महिला कलेजले यही शैक्षिक सत्रदेखि पढाइ सञ्चालन गर्ने भएको छ। पूर्वाञ्चल विश्वविद्यालयमा छवटा विषयमा कक्षा सञ्चालनका लागि अनुमति माग गरिएकोमा चारवटा स्वीकृत भई आएपछि कक्षा सञ्चालनको तयारी गरिएको कलेज प्रमुख रवीन्द्र कर्णले जानकारी दिनुभयो। 

यस वर्ष बीबीएस र चारवर्षे बीएड कक्षा सञ्चालनको तयारी गरिएको छ। “आगामी शैक्षिक सत्रदेख बीसीए र बीआईटी, आईटी पनि सञ्चालन हुनेछ,” कलेज प्रमुख कर्णले भन्नुभयो। क्याम्पसले व्यवस्थापन सङ्कायमा बीबीए र बीबीएस, कानुन सङ्कायमा पाँचवर्षे बीएएलएलबी, शिक्षा सङ्कायमा चारवर्षे बीएड र विज्ञानतर्फ चारवर्षे बीसीए र बीआईटी कक्षा सञ्चालनका लागि विश्वविद्यालयमा सम्बन्धनको माग गरेको हो। सो महिला कलेज नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गर्न लागेको हो। कलेजका प्रमुख कर्णले करिब आठ करोड रुपियाँको लागतमा उपमहानगरपालिकाले ४० कोठे भवन निर्माण गरेको जानकारी दिनुभयो। मधेशी र मुस्लिम छात्रालाई लक्षित गरे पनि सबै समुदायका महिलाले कलेजमा अध्ययन गर्न पाउनेछन्।