केडिया अपहरणमा पाँच जना पक्राउ, पाँच प्रहरी निलम्बनमा


शिवशंङ्कर मिश्र

कलैया(बारा) ,जेठ २६ गते । उद्योगी सुरेश केडिया अपहरणमा मुख्य आरोपी पाँच जना पक्राउ परेको प्रहरी नायब महानिरीक्षक ( डिआईजी ) पशुपति उपाध्यायले बताउनु भएको छ ।

बाराको कलैयामा बुधवार पत्रकार सम्मेलन गरी नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा अपहरित केडियालाई सकुशल उध्दार गरी परिवारको जिम्मा लगाइएको डिआइजी उपाध्यायले जानकारी दिनुभयो ।

उद्योगी सुरेश केडिया अपहरणमा मुख्य आरोपी पुष्करकुमार चौधुर, जियालाल यादव (क),

वीरेन्द्र यादव, जियालाल यादवलार्इ वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा बुधबार सार्वजनिक  गरिंदै । तस्वीर : शिवशंङ्कर मिश्र ।

घटनामा प्रत्यक्ष संलग्न बाराको महागढीमाइ नगरपालिका–१ बरियारपुरका ४० बर्षिय पुष्करकुमार चौधुर, तेलकुअवा गाविस २ का २८ बर्षिया जियालाल यादव (क), कवहीजब्दी गाविसका २३ बर्षिया चञ्चल पाण्डेयलाई पक्राउ गरी अनुसन्धान गर्दा यिनीहरुसँगै मुख्य आरोपी रहेका महागढीमाइ नगरपालिका–२ बरियारपुर टोलका ४२ बर्षिया वीरेन्द्र यादव र कवहीजब्दी गाविस ९ का ३६ बर्षिया जियालाल यादवलाइ मिति ०७३ जेठ २४ गते पक्राउ गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।

घटना विवरण
घटनास्थल महागढीमाइ नगरपालिका १ बरियारपुर, बघवन बीचमा पर्ने पसाहा नदी पुल पूर्वमा
अभियुक्त चंचल पाण्डेले करिब एक महिना अगाडीदेखी भारतको मोतीहारी कारागारमा रहेका बब्लु दुबेसँग भेटघाट गरी केडियाको अपहरणको योजना बनाएका थिए । पाण्डेयले समुह तयार पार्न  वीरेन्द्र यादवको सहयोग लिए  ।

उद्योगी केडियामाथि निगरानी राख्नलाई केडियाका साझेदार परमात्माप्रसाद साहको नजिक भइ उनका मोटरसाइकल चालक बनेर केडियामाथि टार्गेट बनाउदै आएको र बीचबीचमा भारतीय अपराधी बब्लु दुबेसँग रायसल्लाह गर्दै आएको थियो । घटनामा सहयोग गर्न जियालाल यादव(क), (ख) दुबै र पुष्कर कुमार चौधुर सहभागी भएका थिए ।

जेठ १३ गते केडिया बरियारपुर आउने पक्का भएपछि जेठ १२ गते जियालाल(क) को  मामा घर नेपाल भारत सीमामा बडकी फुलवरिया गाविसको चरमोहनाटोलमा जम्मा भइ कामको बाडफाँड गरिएको थियो । जेठ १३ गते बिहान भारतीय अपराधीहरु दुईवटा मोटरसाइकल र भारतीय स्कारपियो गाडीमा आएर गढीमाइको मंन्दिर छेउमा केडियाको प्रतिक्षामा बसेका थिए । सोही दिन साँझ पौने ६ बजे पसाहा पुलमा केडियाका गाडी रोकेर चालक पर्सा जिल्ला निवासी श्यामउनेश प्रसाद कानुलाइ गोली प्रहार गरी गम्भिर घाइते बनाएर उद्योगी सुरेश केडियालाई भारतीय स्कारपियोमा राखेर इनर्वा, हर्दिया, कवही गोठ हुँदै अपहरणकारीहरुले भारत पुगाएका थिए ।

यता घाइते चालक कानुलाई कलैया अस्पतालमा प्राथमिक उपचारगरी वीरगंज नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार सम्भव नभइ चितवन मेडिकल कलेज भरतपुर अस्पतालमा शल्यत्रृmया भइ उनको अवस्था सुधारोन्मुख हुँदै आएको डिआइजी उपाध्यायले बताउनुभयो ।

अपरहण पछि आएको बिबरण अनुसार नेपाल र भारतीय प्रहरीको निरन्तरको सहकार्यमा जेठ २६ गते बिहान सकुशल अपहरित सुरेश केडियालाई नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परिक्षण गरी परिवारको जिम्मा लगाइएको थियो । पक्राउ परेका पाँचै जना अभियुक्तहरु माथि ज्यान मार्ने उद्योग, मुलुकी ऐन अपहरण गर्ने तथा शरीर बन्धक लिने महल बमोजिम मुद्दा र केडिया चालकको ज्यान मार्ने समेतको मुद्दा चलाइएको पत्रकार सम्मेलनमा जनाइएको छ । साथै थप अनुसन्धान पनि भैरहेको बताईएको छ ।

पाँच प्रहरी निलम्बनमा
अपहरणमा दोषी देखिएका इलाका प्रहरी कार्यालय कवहीगोठका प्रहरी नायब निरिक्षक राजेन्द्रकुमार चौधरी, प्रहरी हवलदार तेजप्रसाद ढकाल, प्रहरी जवान बुनिलाल महतो, सुरेन्द्र साह र प्रमोद राय यादवलाइ निलम्बनगरी छानबिनको दायरामा रहेका छन् ।

 भारतीय गाडी चालक भारत सुगौली निवासी जावेद अख्तरलाई भारतमा मुद्दा चलाइएको डिआइजी उपाध्यायले पत्रकार सम्मेलनमा जानकारी दिनुनुभयो ।



थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना