• ६ चैत २०८०, मङ्गलबार

बाँध बनाउन ढुङ्गा बोक्दै जनप्रतिनिधि

blog

अमरगढी समाचारदाता

डडेल्धुरा, असोज ८ गते । अविरल वर्षापछि गत भदौ ३१ गते पन्तुरा खोलामा आएको बाढी बस्तीमा पसी घर, खेत बगाएपछि नगरप्रमुख आफैँ बाँध निर्माण गर्न 

जुट्नुभएको छ। भित्रीमधेश क्षेत्र जोगबुडाको परशुराम नगरपालिका–६, सिमलखेतमा २०६४ सालपछि यस वर्ष फेरि बाढी पसेको हो। 

बाढीले सिमलखेत बस्तीमा क्षति पु¥याएपछि दुई सय थान तारजाली खरिद गरी नगरपालिकाले जनश्रमदानमा बाँध लगाउने काम थालेको छ। 

नगरप्रमुख भरतबहादुर बडायर जोशी, वडाध्यक्ष खगेन्द्र सिंहलगायतका जनप्रतिनिधि र स्थानीयवासी बिहीबारदेखि बाँध निर्माणमा जुट्नुभएको छ। 

असोज ३१ गते रातिको समयमा सिमलखेतमा बाढी पस्दा दुईवटा घर पूर्ण रूपमा नष्ट भएका थिए भने करिब १५० रोपनीमा लगाइएको धानबाली बगाएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो। क्षतिको पूर्ण विवरण भने आइनसकेको उहाँको भनाइ छ। पाक्नै लागेको धानबाली नष्ट भएको स्थानीयवासीको भनाइ छ। 

सिमलखेतका एक दर्जनभन्दा बढी घरमा क्षति पुगेको वडाध्यक्ष सिंहले बताउनुभयो। डम्बर साउद र कालीदेवी साउदको घर पूर्ण रूपमा क्षति भएको छ। उहाँले भन्नुभयो, “मानवीय क्षति भने भएको छैन। घरपालुवा जनावरका गोठ, खोर, धान, व्यावसायिक रूपमा गरिएको माछापालन पोखरी, स्थानीय जातका कुखुरापालन गरिएका खोरलगायत गरेर दर्जनभन्दा बढी परिवारको करोडभन्दा बढी मूल्य बराबर क्षति भएको पूर्वानुमान गरिएको उहाँले बताउनुभयो। 

हाल पनि निरन्तर रूपमा वर्षा भइरहेकाले थप क्षति हुन नदिन जनप्रतिनिधिलगायत स्थानीयवासी बाँध निर्माणमा जुटेको उहाँले बताउनुभयो। असोज ४ गते आकस्मिक रूपमा बसेको कार्यपालिका बैठकले तारजाली खरिद गरेर बाँध लगाउने निर्णय भएको उहाँले बताउनुभयो।

सिमलखेतमा २०६४ सालमा पन्तरा खोलामै आएको बाढीले ३६४ परिवारको हजारौँ रोपनी जमिन बगर बनाएको थियो। तीन वर्षअघि २०७६ सालमा खोलामा तटबन्धको काम सुरु भएपछि बाढीबाट विस्थापित स्थानीयवासीले बगरमा फर्केर खेतीपाती गर्न सुरु गरेका थिए। सिमलखेतमा पूर्ण रूपमा बस्ती पुनस्र्थापना हुन नसक्दै फेरि बाढीले क्षति पु¥याएको छ।  

२०७६ सालमा सिँचाइ डिभिजन कार्यालयको करिब २६ करोड रकम लागतमा सिमलखेत बस्ती पुनस्र्थापना गर्न पन्तुरा खोला किनारमा तटबन्ध निर्माणको काम गरिएको थियो। तटबन्धको काम भइरहँदा सिमलखेतका विस्थापित स्थानीयवासीले बगरमा आआफ्नो जमिन खोज्दै खेतीपाती गर्न थालेका थिए। भदौ ३१ गतेको बाढी भने तटबन्धभन्दा माथिबाट नै बस्तीमा पसेको वडाध्यक्ष सिंहले बताउनुभयो।