सङ्गीतकार गुरुङको स्वास्थ्यस्थिति गम्भीर

काठमाडौँ, जेठ २४ गते । राष्ट्रिय गानका सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यस्थिति गम्भीर र स्थिर रहेको छ ।

भोजन नली र रक्तचापलगायतका समस्यासँग जुधिरहनुभएका गुरुङको केही दिनदेखि ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

सो अस्पतालका निर्देशक डा चक्रराज पाण्डेका अनुसार उहाँको अवस्था निकै नाजुक रहेको र औषधिका आधारमा उहाँको स्वास्थ्यस्थिति स्थिर राखिएको जानकारी दिनुभयो ।

डा पाण्डेले भन्नुभयो – “स्वास्थ्य अवस्था निकै नाजुक भए पनि औषधिका आधारमा स्थिर रहेको छ । राम्रो हुन्छ र घर फर्किहाल्नुहुन्छ भन्ने अवस्था यकिन गर्न सक्ने अवस्था छैन । कृत्रिम श्वासप्रश्वास चलाइएको छ ।”

सङ्गीतकार गुरुङका छोरा किशोर गुरुङले उहाँको मुटुमा समस्याको चुनौती गरिरहनुभएको र अरु अङ्गहरु ठीकै रहेको परीक्षणले देखाए पनि समग्रमा स्वास्थ्यस्थिति गम्भीर देखिएको छ भन्नुभयो ।

राष्ट्रिय गानका सङ्गीतकार गुरुङको स्वास्थ्यस्थिति बुझ्न र स्वास्थ्यलाभको कामना गर्न उहाँका आफन्तहरु, राजनीतिक दलका नेता तथा कार्यकर्ता, गीत–सङ्गीत क्षेत्रका स्रष्टाहरु ग्रान्डी अस्पताल पुग्नुभएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना