• ६ चैत २०८०, मङ्गलबार

पेस्तोल र ग्रिनेड सहित नेकपा (बहुमत)का नेता पक्राउ

blog

हतियार सहित पक्राउ परेका सिंह र बरामद हतियार सहित जिल्ला प्रहरी कार्यालय परिसरमा । तस्बिर: सहदेव बस्नेत

जाजरकोट, असोज ७ गते । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का एक नेता पेस्तोल र ग्रिनेड सहित जाजरकोटमा पक्राउ परेका छन् । नेकपा (बहुमत) जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य इन्द्रबहादुर शाही (नवीन) पाँच राउन्ड गोली भएको पेस्तोल र प्लास्टिक हेन्ड ग्रिनेड सहित जाजरकोट नलगाड ६ सिर्केबाट प्रहरीले पक्राउ गरेको हो ।

सिंहको साथबाट २ एमएम नौ राउन्ड, मेड इन युएसए लेखेको पेस्तोल एच.जी.लट ४ लेखिएको तयारी अवस्थामा रहेको प्लास्टिक हेण्ड ग्रिनेड फेला पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी सन्तोषकुमार निरौलाले पक्राउ परेका सिंह र बरामद गरिएका हतियार सहित आवश्यक कारबाही सुरु गरिएको बताउनुभयो ।

उता नेकपा (बहुमत) का जिल्ला इन्चार्ज धमिल र जिल्ला संयोजक महानले विज्ञप्ती प्रकाशित गरि योजनाबद्ध ढंगले हतियार भिराएर शाहीलाई गिरफ्तार गरेको आरोप लगाउँदै विरोध जनाएका छन् । पक्राउ परेका नेता नवीनलाई विना सर्त रिहा गर्न विज्ञप्तिमा आग्रह समेत गरिएको छ ।

Author

सहदेव बस्नेत