• ६ चैत २०८०, मङ्गलबार

सङ्क्रामक रोग तथा सघन उपचार केन्द्र सञ्चालन

blog

रङ्गेली समाचारदाता

विराटनगर, असोज ७ गते । प्रदेश १ सरकारले सङ्क्रामक रोग तथा सघन उपचार केन्द्र अस्पताल सञ्चालनमा ल्याएको छ। कोभिड–१९ सङ्क्रमणमा प्रदेश सरकार मातहत विराटनगर–१० स्थित नेसनल ट्रेडिङको भवन प्रयोग गरेर सञ्चालनमा ल्याइएको कोसी कोभिड उपचार केन्द्रलाई सङ्क्रामक रोग तथा सघन उपचार केन्द्रमा रूपान्तरण गरेर सञ्चालनमा ल्याइएको हो। 

सरकारको नीति तथा कार्यक्रममा 

सङ्क्रामक रोग तथा उपचार केन्द्रमा रूपान्तरण गर्ने उल्लेख भएअनुसार गत शुक्रबारको प्रदेश मन्त्रिपरिषद् बैठकले १६० शøयाको अस्पतालको नाम परिवर्तन गर्ने निर्णय गरेको थियो। त्यसैका आधारमा कोसी कोभिड–१९ उपचार केन्द्रलाई सङ्क्रामक रोग तथा सघन उपचार केन्द्रका रूपमा सञ्चालनमा ल्याइएको स्वास्थ्य मन्त्रालयका सचिव अनुप भट्टचनले जानकारी दिनुभयो। 

“कोभिड–१९ लाई मात्रै केन्द्रमा राखेर स्थापना गरिएको थियो, कहिले बढ्ने कहिले घट्ने तरङ्गमा गएपछि अस्पताल व्यवस्थापन र जनशक्ति परिचालन अव्यवस्थित भयो।” सचिव भट्टचनले भन्नुभयो। अब स्थायी र दिगो संरचनासहित अस्पताल सञ्चालनमा ल्याइएको छ। सङ्क्रामक रोग कोभिड, डेङ्गु जस्तै अन्य अवस्थाका लागि स्थायी उपचार केन्द्र रहनेछ। 

अस्पतालमा अब सरुवा रोगसम्बन्धी उपचार हुनेछ। डेङ्गुका बिरामीको उपचार सुरु गरिएको छ। अस्पतालका संयोजक डा. कुशल वस्तीका अनुसार ओपीडीमा स्वास्थ्य परीक्षण गराउने आउने बिरामीको सङ्ख्या दैनिक एक सय हाराहारीमा रहेको छ। 

अस्पतालमा ५९ जनाको अस्थायी दरबन्दी छ। सङ्क्रामक रोग तथा सघन उपचार केन्द्रका लागि आवश्यकपर्ने जनशक्ति अध्ययन गर्न मन्त्रालयले चाँडै नै कार्यदल बनाउनेभएको छ। जनशक्ति व्यवस्थापन चालूू आर्थिक वर्षभित्र गरिसक्ने योजना राखिएको छ। अस्पतालमा २० भेन्टिलेटर शøया छन्। नयाँ र पुरानो ब्लकमा १६० शøया छन्। हाल चार जना मेडिकल अधिकृत र १२ जना नर्स परिचालन गरिएको छ।