पैसाले चुम्दछ परिश्रमलाई

नवीनराज कुइँकेल
करापुटार (लमजुङ), जेठ २३ गते । यहाँका पाँच युवा मिलेर १५ रोपनी जग्गा भाडामा लिएर सामूहिक रुपमा गरिएको गाईपालन फार्म गाउँकै लागि नमूना बनेको छ ।


गाईलाई दानापानी खुवाउँदै फर्मका कामदारहरु । तस्विर : नवीनराज कुइँकेल

करापुटार नगरपालिका ८, धार्जेखोला नजिकै उनीहरुले गाईपालन शुरु गरेका हुन् । उनीहरुमध्ये तीन जना शिक्षक, एक सवारी चालक र एकजना पशुका जेटीए रहेका छन् । युवाले अमृतधारा कृषि सहकारी संस्था दर्ता गरेर दुग्ध उत्पादन तथा डेरी फार्म संचालनसमेत गरेका छन् । दुईबर्ष यता गाई पालन गरेका उनीहरुले शरुमा नौं वटा गाई किनेर ब्यवसाय शुरु गरेका उनीहरुको फर्ममा  अहिले ३१ वटा गाई बनाएका छन् । यी मध्ये ठूलो गाई २२ मध्ये १७ वटा दुहुना छन् भने नौं वटा बाच्छी छन् । ब्याउनेवाला नौं वटा छन् । गोठमा होलस्टीन र जर्सी प्रजातिका गाई छन् र अझै २० वटा गाई थप्ने उनीहरुको योजना छ ।  

संचालक दिव्यचन्द्र सोतीका अनुसार कुशुमाकर उच्च मावि ईशानेश्वरका सहायक प्रधानाध्यापक रामचन्द्र सोती, उक्त विद्यालयका शिक्षक प्रदीप घिमिरे, सवारी चालक आनन्द अधिकारी र पशु प्राविधिक अमृत अधिकारी मिलेर गाई फार्म संचालन गर्नुभएको हो । दिव्यचन्द्र करापुटार रामबजारस्थित पश्चिमभूमि आवासीय माविका प्रिन्सिपल हुनुहुन्छ । शुरुमा तीन, तीन  लाख रुपियाँ उठाएर कृषि विकास बैंकबाट २० लाख रुपियाँ ऋण लिएर गाईपालन थालिएको उहाँहरुले बताउनुभयो । उहाहाँका अनुसार पशु सेवा कार्यालयले भकारो र डेरी सुधारका लागि रु. पाच लाख अनुदान दिएको थियो ।

जिल्ला कृषिले ५० प्रतिशत अनुदानमा जेनेरेटर र ७० प्रतिशत अनुदानमा चिलिम भ्याट पनि उपलब्ध गराएको छ । गाईको दूधबाट मासिक रु.डेढ लाखभन्दा बढी आम्दानी हुने गरेको सोतीले बताउनुभयो । फार्म रहेको १५ रोपनी जग्गामा २ वटा गोठ, एउटा प्रशानिक भवन र बाँकीमा घाँस रोपिएको छ । यसका लागि १५ बर्षको बन्धकीमा पाँच लाख रुपियाँ जग्गाधनीलाई तिरिएको छ । अर्को ६५ रोपनी जग्गा एक रोपनी बराबर बार्षिक १ हजार ५ सयका दरले भाडामा लिएको पनि बताईएको छ ।
 
गाईगोठमा तीन जना पूर्णकालीन कर्मचारी राखिएको छ । ब्यवस्थापकमा संचालक अमृत अधिकारी नै हुनुहुन्छ । कर्मचारीहरुलाई मासिक सात हजारदेखि १२ हजार रुपियाँ पारिश्रमिक दिइने गरिएको छ । गाईका लागि  घाँस काट्ने दुई जनालाई दैनिक तीन सय रुपियाँ दिएर राखिएको छ । उक्त फार्मबाट दूध, दही, घिउ, नौनी, पनिर लगायतका परिकार उत्पादन गरिन्छ । बजारको कुनै समस्या नभएको संचालकहरुको भनाइ छ ।


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना