प्रमबाट गुरूङको स्वास्थ्यस्थिति जानकारी

काठमाडौँ, जेठ २३ गते। प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यस्थिति बुझ्न आज धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पुग्नुभएको छ ।

अपराह्न अस्पताल पुग्नुभएका उहाँले त्यहाँ गुरुङका परिवारजन र उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको थियो । प्रधानमन्त्री ओलीले सङ्गीतकार गुरुङलाई सरकारले जतिसक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको गुरुङका सहयोगी रतन चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्रीले त्यहाँ करिब २० मिनेट बिताउनुभएको थियो । अन्ननलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित गुरुङ एक सातादेखि ग्रान्डी अस्पतालमा उपचाररत हुनुहन्छ । भेन्टिलेटरमा राखी उपचार भइरहेको उहाँको स्वास्थ्यस्थिति शुक्रबार बिहान गम्भीर भए पनि शनिबार सामान्य सुधार आएको थियो ।
गुरुङसँग निकट भएर ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा रहनुभएका चन्दले उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै भन्नुभयो – “अहिले उहाँको स्वास्थ्यस्थिति हिजो९शनिबार०कै जस्तो सामान्य छ ।”
गुरुङ गए राति १ः३० बजे एक्कासि बेहोस भएपछि कृत्रिम श्वासप्रश्वास दिएर राखिएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना