सडक नै समृद्धिको आधार

bibas wosti विवश वस्ती


 

केही वर्षयता, देशकै नमुनायोग्य बनेपा–सिन्धुली–बर्दिवास सडक–खण्डको समृद्ध–गाथा र प्रशंसा गर्नेहरूको लर्को नै लाग्ने गरेको छ ।  काठमाडौँ पूर्वका पहाडी जिल्लाहरूका साथै तराईको दूरीलाई समेत छोट्याउने बीपी राजमार्गमा निर्वाधरूपमा सवारी साधनहरू चल्न थालेको केही वर्षमात्रै भयो ।  बीपी राजमार्ग बनेपछि सुदूर पूर्वका पहाडी, तराईका जिल्लाहरू र काठमाडौँ–पूर्वका मध्य पहाडी भूभागसमेत काठमाडौँस“ग धेरै नै निकट बन्न पुगे ।  दसक पूर्वसम्म देशको राजधानी आउन सयौँ किलोमिटर पार गर्नुपर्ने, एउटा मात्रै सडकको भर पर्नुपर्ने बाध्यताबाट अचेल पूर्वी पहाड र तराई भेगका बासिन्दाहरू मुक्त भएका छन् र राजधानीस“गको दूरी छोटिनुका साथै सामिप्यता पनि गाढा बन्न पुगेको छ ।  राजधानीस“गको घट्दो दूरी र बढ्दो सामिप्यताले पूर्वी क्षेत्रको आर्थिक, सामाजिक उन्नति एवं समृद्धिको ग्राफ नपत्याउ“दो गरी बढ्न पुगेको छ र त्यसले समाजका तल्ला वर्गका जनतालाई गरिबी र बेरोजगारीको चङ्गुलबाट क्रमशः मुक्त तुल्याउने अभियान प्रारम्भ भएको मान्न सकिन्छ ।  
सर्वज्ञात नै छ, बीपी राजमार्गको खाका २०१६ सालमै कोरिएको थियो ।  देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले आफ्नो पुख्र्यौली थलो सिन्धुलीको दुम्जा हु“दै पूर्वी भेगलाई राजधानीस“ग जोड्ने सबभन्दा छोटो दूरीको सडक–मार्गको रूपमा अहिले निर्माण सम्पन्न भएको बनेपा–सिन्धुली–बर्दिवास सडकलाई पहिलो प्राथमिकतामा राख्नुभएको थियो ।  राणा शासन विरोधी आन्दोलनका क्रममा देश, समाज र भौगोलिक बनावटलाई राम्ररी पहिल्याउनुभएका बीपीले देशको पूर्वी भूभागलाई राजधानीस“ग जोड्ने सबभन्दा छोटो र उत्तम मार्ग यही मार्गलाई ठान्नुभएको थियो ।  देशको विकास एवं चिन्तनमा अग्रणी बीपीले धेरै नै सुझबुझपूर्वक यो लोकमार्गलाई आफूले सत्ताको नेतृत्व लिएलगत्तै प्रारम्भ गर्नुभएको थियो ।  राणा शासनको अन्त्य गर्ने सङ्कल्पकृत उहाँले पूर्वी नेपालबाट भूमिगतरूपमा काठमाडौँ भित्रिएका बेला नै सम्भवतः काठमाडौँ आइपुग्ने यो छोटो दूरीको बाटोमा सवारी साधन गुडाउने परिकल्पना गरिसक्नुभएको र आफू प्रधानमन्त्री भएलगत्तै कार्यान्वयनको चरणमा उतारिहाल्नुभयो ।  नेपाली काँग्रेसको सरकारले राजाको ‘कु’ नबेहोर्नुपरेको भए यो बाटो आधा शताब्दीअघि नै निर्माण भइसक्थ्यो र पूर्वका पहाडी र तराईका जिल्लाहरूको अनुहार नै बेग्लै हुन्थ्यो, अहिलेसम्म तर २०१७ सालमा बीपी कोइरालाको सरकारलाई च्युत गरेर देशमा एकदलीय पञ्चायती शासन प्रणाली लागू भएपछि तत्कालीन सत्ताको कोपभाजनमा धेरै योजनाहरू पर्न पुगे ।  नेपाली काँग्रेसको सरकारले अघि सारेको विकास, निर्माणलगायत अरू जनपक्षीय कार्यहरूलाई निरन्तरता दिने कुरा तत्कालीन शासकको कार्यसूचीमा नपर्नु स्वाभाविकै थियो ।  बीपीले उच्च महŒव र प्राथमिकतामा राखेको बनेपा–सिन्धुली–बर्दिबास सडक परियोजनालाई पनि तत्कालीन सरकारले अगाडि बढाउन उपयुक्त ठानेन ।  किनकि, बीपीले अगाडि सारेका कुनै पनि परियोजनालाई कार्यान्वयनको दिशामा अघि बढाउ“दा त्यसले पञ्चायत विरुद्ध राजनीतिक सन्देश जाने र त्यसको जस आफ्ना विरोधी राजनीतिक शक्तिले बटुल्ने मनोविज्ञानबाट त्रसित रहेका तात्कालिक शासकहरूले देशकै विकासमा कायापलट निम्त्याउने एउटा विकासे योजनालाई बीचमै तुहाउन उपयुक्त ठाने ।  त्यसको मार पूर्वी क्षेत्रका जनताले पञ्चायतकालभरि बेहोर्नु प¥यो ।  
राजनीतिक कोपभाजनको शिकार भएको बीपी राजमार्ग पुनः प्रारम्भ हुन देशमा बहुदलीय व्यवस्थाका सुनौला दिनहरू नै निम्तिनु प¥यो ।  ०४२ सालमा जापानबाट प्राविधिक टोली आएर बहुचर्चित बीपी राजमार्गको स्थलगत अध्ययन गरे पनि तत्कालीन शासकले बीचमै रोकेका थिए ।  पञ्चायतका आखिरी दिनहरूमा पनि तात्कालिक शासकहरूले बीपी राजमार्गलाई अगाडि बढाउन चाहेका थिएनन् भन्ने पुष्टि जापान सरकारले पठाएको प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर पनि काम रोकिनुबाट नै हुन्छ तर ०४८ सालमा नेपाली काँग्रेसको सरकार गठन भएपछि बल्ल बीपी कोइरालाको सपनाले सार्थक दिशा पहिल्याउन पायो र दसकसम्मको निर्माण–कार्यपछि अहिले पूर्वी नेपाललाई राजधानीस“ग नजिक तुल्याउन बीपी राजमार्गले उल्लेख्य भूमिका मात्र खेलेको छैन, त्यस क्षेत्रका बासिन्दाहरूले आफ्नो आर्थिक उत्थान र सामाजिक भूमिकालाई बढावा दिन सफलतासमेत प्राप्त गरेका छन् ।  
विकासको मेरुदण्ड सडक–मार्गको विस्तार रहेकोमा कुनै द्विविधा देखि“दैन ।  पछिल्लो समयमा, देश विकासमा शिक्षा र सञ्चार क्षेत्रको विस्तारले जेजस्तो भूमिका निर्वाह गरेका छन्, त्योभन्दा कैयौँ गुणा बढी सडकले भूमिका खेलेको छ ।  एउटा उदाहरण लिऔँ, दसकअघि तराई क्षेत्रमा उत्पादित कुनै पनि वस्तुहरू हिमाली जिल्ला दोलखामा पुग्न राजधानी हु“दै लामो दूरी तय गर्नुपथ्र्यो तर अब भने केही घन्टाकै अन्तरमा सर्लाहीको लालबन्दीमा उत्पादित काउली, टमाटर वा अरू कुनै तरकारी चरिकोटको बजारमा निर्वाध रूपमा पाइन्छन् भने दोलखाको भूभागमा उत्पादित कुनै जडिबुटी वा अरू उत्पादनहरू जनकपुरलगायत तराईका बजारमा दुई चार घन्टामै सहजै उपलब्ध हुन्छ ।  तराईका उत्पादन हिमाली क्षेत्रमा केही घन्टामै पुग्ने र हिमाली क्षेत्रका उत्पादन तराईका बजारमा सहजै पाइने यस्तो तीव्र फड्कोको पछाडि सडककै भूमिका रहेको विदितै छ ।  हिमाल र तराईलाई केही घन्टामै जोड्ने यो सुखद पक्ष केही दसकअघि कल्पना र सपनाकै सीमाभित्र बेरिएको थियो ।  
२०७२ साल वैशाख १२ को महाभूकम्प र वैशाख २९ को दोलखालाई नै केन्द्रबिन्दु बनाएर आएको अर्को भूकम्पलगत्तै दोलखाको दक्षिणी भेग मेलुङ, भेड्पु, घ्याङसुकाठोकरको कठिन यात्रापछि तामाकोसी किनारको डुँडेमा आइपुग्दा बस पर्खिरहेकी एउटी महिला भन्दै थिइन्– ‘म आज महोत्तरी जिल्लाको रातुबाट आएकी हु“ ।  त्यहा“ मेरा आफन्त छन् ।  पहिला त्यो ठाउ“मा पुग्न तीन÷चार दिनसम्म हि“ड्नुपथ्र्यो तर अहिले भने विहान बस चढेको दिउ“सै आइपुगे“ । ’ ती महिलाद्वारा व्यक्त अनुभूतिले स्पष्ट बताउ“थ्यो, सडकले मानिसबीचको सम्बन्ध र अन्तरक्रियामा समेत दूरी घटाएको छ ।  मानिस–मानिसबीच जति धेरै सम्बन्ध बढ्दै जान्छ, अन्तरक्रिया हुन्छ, त्यसले सामाजिक, आर्थिक, सांस्कृतिकलगायत क्षेत्रको विकासमा पनि उत्तिकै टेवा पु¥याउने पक्षलाई स्वीकार्नै पर्छ ।  यो उपलब्धिको पछाडि सडक निर्माण र विस्तारले नै काम गरेको ठान्नु स्वाभाविक देखिन्छ ।
देशमा बहुदलीय व्यवस्था स्थापना भएपछि सडक निर्माण र विस्तारमा जुन पहल थालियो, त्यसलाई सकारात्मक कदमको रूपमा लिनुपर्ने हुन्छ ।  आज देशको सबै जिल्ला सडक सञ्जालमा जोडिएका छन् तर त्यसको श्रेय भने ०५२ सालमा तत्कालीन नेकपा (एमाले)को सरकारको गाउ“को विकासका लागि पहिलोपटक उल्लेख्य बजेट पठाउने कार्यलाई दिनुपर्ने हुन्छ ।  राजनीतिक खिचातानी र द्वन्द्वमा रुमल्लिएका ग्रामीण भेगका जनता र युवा–पङ्क्तिलाई विकास, निर्माणमा अग्रसर तुल्याउनुपर्छ भन्ने बृहत् सोच बोकेर आएको ‘आफ्नो गाउ“, आफैँ बनाऔँ’ जस्ता विकासमुखी अभियानले ग्रामीण विकासमा कोसेढुङ्गाको काम गरेको विदितै छ ।  त्यही बजेटको आधारमा ग्रामीण क्षेत्रका बासिन्दाहरूले सडकलाई पहिलो प्राथमिकतामा राखेर विकास, निर्माणको गतिलाई तीव्रता दिए, त्यसले गाउ“–गाउ“सम्म सडक पुग्ने पूर्वाधार समेत खडा गरिदियो ।  ग्रामीण भेगमा विस्तारित सडक–सञ्जालले आज देश विकासमा मेरुदण्डको भूमिका खेलेकोमा कसैले पनि आपत्ति जनाउने ठाउ“ भेट्दैनन् ।  
जसरी, राजनीतिक पूर्वाग्रह सा“धेर साढे पा“च दसकअघि बीपी राजमार्गको कार्य अपूरो छाडिएको थियो, त्यसले देशको समृद्धिको आधारशिला मानिने पूर्वी भेगलाई राजधानीस“ग अलग राख्न नकारात्मक भूमिका खेल्यो, त्यसरी नै, देशमा बहुदलीय व्यवस्था र पछिल्लो समय गणतन्त्र स्थापना भएपछि सडक निर्माणमा राजनीतिक शक्तिहरूले उदासिनता देखाएका भए देशको सम्पूर्ण भूभागका साथै तराई र हिमाली क्षेत्रबीचको दूरी कम हुने सम्भावना रह“दैनथ्यो ।  अहिले सरकारले रेल मार्ग, हुलाकी सडक, फास्टट्रयाक, सुरुङ मार्गका साथै निर्माणाधीन सडक मार्गहरूको विस्तार र स्तरोन्नतिमा प्रकट गरेको प्रतिबद्धता देशलाई समृद्धिको दिशातिर डो¥याउने आधारस्तम्भ हो भन्नुमा किञ्चित विस्मात मान्नु पर्दैन ।  आखिर, संसारका विकसित र विकासोन्मुख देशहरूले चा“डै फड्को मार्नुका आधारभूत कारणमध्ये शिक्षा, सञ्चार क्षेत्रको विकासस“गै सडकको विस्तारलाई पनि लिनुपर्ने हुन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना