• ६ चैत २०८०, मङ्गलबार

'दशैं आयो' गीत सार्वजनिक (भिडियो)

blog

काठमाडौं, असोज ६ गते । गायक राजु परियार, दिलसिङ मगर, राजु ढकाल, तेजु मगर, ईश्वर सिंह, सपना परियार र रोस्मि सोतीको स्वरमा 'दशैं आयो' बोलको गीत बजारमा आएको छ ।

दशैंको माहौलमा सबैजना दशैं मनाउन गाउँ घर जाने, पिङ्ग खेल्ने रमाइलो गर्ने बेलाको समयलाई हिरन थापा मगरले शब्दमा रूपान्तरण गर्नुभएको छ । गीतमा दिलसिंङ मगरको सङ्गीत रहेको छ भने एरेञ्ज डोलराज बाह्रघरेले गर्नुभएको हो ।

गीतमा गायक तथा मोडल राजु ढकाल, सुमन थापा, विरेन्द्र  मोडल आयुष्मा कार्की र मनीषा मगरको अभिनय रहेको छ ।