रेडक्रसले छ हजार घर बनाउने

red crossकाठमाडौँ, जेठ २३ गते ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले छ हजार ७५९ वटा निजी आवास पुनःनिर्माणका लागि विभिन्न गैरसरकारी सङ्घसंस्थाले पेस गरेका परियोजना स्वीकृत गरेको छ ।  प्राधिकरणले १३३ वटा विद्यालय र दुईवटा स्वास्थ्यचौकी पुनःनिर्माण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको शनिबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।  दुई दर्जनभन्दा बढी स्वदेशी तथा विदेशी गैरसरकारी सङ्घसंस्थाले पेस गरेका परियोजनामा करिब १२ अर्ब २८ करोड रुपियाँभन्दा बढी रकम खर्च हुने प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ ।
भूकम्पपछिको पुनःनिर्माणमा सहभागी हुने संस्था क्षेत्रगत मन्त्रालय, प्राधिकरणबीच सम्झौता भएपछि मात्र  स्वीकृति प्रदान गर्ने प्रावधान रहेको छ ।  यसरी प्रस्ताव पेस गर्ने संस्थामध्ये नेपाल रेडक्रस सबैभन्दा अगाडि रहेको छ ।  रेडक्रसले भूकम्पबाट अति प्रभावित चौध जिल्लामा करिब छ हजार निजी आवास निर्माण गर्ने प्रस्ताव पेस गरेको छ ।  
त्यस्तै ह्याबिट्याट फर ह्युम्यानिटीले ३५० वटा निजी आवास निर्माण गरिदिनेछ ।  त्यस्तै फिन चर्च फाउन्डेसनले १३ वटा विद्यालय भवन निर्माण गरिदिने प्रस्ताव पेस गरेको छ भने एक्सन एड्ले १८ वटा विद्यालय निर्माण गरिदिने जनाएको विज्ञप्तिमा उल्लेख छ ।  प्लान नेपालले २२ वटा विद्यालय निर्माणमा सहयोग गर्ने प्रस्ताव पेस गरेको छ भने वल्र्ड भिजनले ३२ वटा विद्यालयको जिम्मा लिएको छ ।  त्यसबाहेक अन्य संस्थाले एकदेखि पाँचवटासम्म विद्यालय बनाइदिने जनाएको प्राधिकरणका प्रवक्ता राम थपलियाले जानकारी दिनुभयो ।    

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना