तीन दिनदेखि हिमपात

हुम्ला, माघ २२ गते । हुम्लामा तीन दिनदेखि हिमपात भइरहेको छ । हिमपातका कारण सदरमुकाम सिमीकोटमा दुई फिटसम्म हिउँ जमी जनजीवन कष्टकर बनेको छ । हिउँ परेसँगै अत्याधिक चिसो बढेको छ । हिमपातका कारण एक मात्र हवाई सेवा पनि बन्द हुनाका साथै मोबाइल र विद्युत् सेवासमेत अवरुद्ध भएको छ ।

यसैबीच सिमीकोट विमानस्थलमा जमेको हिउँ सभासद् जीवनबहादुर शाहीको नेतृत्वमा प्रजिअ, नेपाल प्रहरी, नेपाली सेना र कर्मचारीको सक्रियतामा फाल्ने काम सुरु भएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना