• ६ चैत २०८०, मङ्गलबार

‘संवैधानिक प्रावधान उल्लङ्घन’

blog

काठमाडौँ, असोज ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरी संविधानको मर्म, भावना र प्रावधानको गम्भीर उल्लङ्घन गर्नुभएको धारणा प्रजातान्त्रिक विचार समाजले प्रस्तुत गरेको छ।

दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि प्राप्त विधेयक प्रमाणीकरण नगरी राष्ट्रपतिले संवैधानिक प्रावधानको गम्भीर उल्लङ्घन र अवज्ञा गर्नुभएको समाजद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपतिले संविधान नमान्ने सन्देश दिन खोज्नुभएको हो भने उहाँले पद त्याग गर्नु नैतिक कार्य हुने उल्लेख गर्दै विज्ञप्तिमा संविधानभन्दा माथि राष्ट्रपति नरहेको र उहाँलाई पनि संवैधानिक सीमा, मर्यादा तथा व्यवस्था अन्तर्गत क्रियाशील रहने मात्र अधिकार भएको जनाइएको छ।