• ६ चैत २०८०, मङ्गलबार

रुसलाई युरोकप छनोट खेल्न प्रतिबन्ध

blog

काठमाडौं, असोज ५ गते । युक्रेनमाथि आक्रमण गरेको भन्दै युरोपियन फुटबल महासङ्घ (यूईएफए) ले रुसलाई युरोकप छनोट फुटबल खेल्न प्रतिबन्ध गरेको छ । यूईएफएले रुसलाई २०२४ को युरोकप छनोटमा प्रतिबन्ध लगाएको हो ।

रुसले गत फेब्रुअरी महिनादेखि युक्रेनमाथि लगातार आक्रमण गरिरहेको छ । रुसलाई विश्व फुटबल महासङ्घ (फिफा) ले पनि प्रतिबन्ध गरेको छ । कतारमा आयोजना हुने विश्वकप र क्लब फुटबलमा समेत रुसलाई फिफाले प्रतिबन्ध लगाएको छ ।

सन् २०२४ मा जर्मनीमा आयोजना हुने युरोकपको ‘ड्र’ अक्टोबर ९ तारिख हुनेछ । रुसलाई छनोट खेलको ‘ड्र’ मा समावेश नगरिएको यूईएफएले विज्ञप्तिमार्फत उल्लेख गरेको छ । एजेन्सी