सामाजिक सुरक्षा विधेयक छिटो पारित गर्न माग

काठमाडौँ, जेठ २० गते । संसद्मा प्रस्तुत भएको सामाजिक सुरक्षा विधेयक छिटो पारित गर्नुपर्नेमा सांसद र सरोकारवाला निकायका प्रतिनिधिले जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा सो विधेयकका सम्बन्धमा सांसद, विज्ञ, मजदुर, उद्योगीसँगको छलफलमा सहभागीले सङ्गठित क्षेत्रमा कार्यरत मजदुर र असङ्गठित क्षेत्रमा कार्यरत व्यक्तिका लागि छुट्टाछुट्टै व्यवस्था ऐनमा गरिनुपर्नेमा जोड दिए ।

अहिलेकै जस्तो सबै क्षेत्रलाई एउटैमा समेटेर ऐन ल्याइए त्यसले भद्रगोल ल्याउने र कार्यान्वयनमा जान नसक्ने उनीहरुले बताए ।

उनीहरुले छरिएर रहेको सामाजिक सुरक्षाका कामलाई केन्द्रीकृत गर्दै सामाजिक सुरक्षा कोषमार्फत गर्नुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणा ल्याउनुपर्ने भनाइ राख्नु भयो ।

बैठकमा आमन्त्रित उद्योगीले सामाजिक सुरक्षा कोष र नयाँ श्रम ऐन साथसाथै आउनुपर्ने माग गरे ।

मजदुर सङ्गठनका प्रतिनिधिले मजदुरलाई मात्रै केन्द्रीकृत गरेर ऐन ल्याउनुपर्ने र अन्यका लागि छुट्टै सामाजिक सुरक्षा ऐन ल्याउनुपर्ने सुझाव दिए ।

विसं २०६७ देखि सामाजिक सुरक्षाको लागि कर्मचारी, मजदुरबाट कोषमा आयको एक प्रतिशत कर उठाइँदै आए पनि ऐन आउन नसक्दा सो रकमको परिचालन हुन सकेको छैन ।

कोषमा अहिले करिब रु नौ अर्ब सञ्चित रहेको कोषका कार्यकारी निर्देशक अनिल गुरुङले जानकारी दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना