• ६ चैत २०८०, मङ्गलबार

पाँचथरमा पाँच दिने आँखा शिविर

अठार सयको आँखा जाँच, दुई सय ५० जनाको शल्यक्रिया

blog

आँखा जाँचका लागि पालो कुर्दै आँखाका बिरामी। तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, असोज ४ गते । पाँचथरको फिदिममा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा दुई सय ५० जनाको अप्रेसन गरिएको छ। मोतियाबिन्दु र आँखामा ऐजेरु पलाएका यत्तिका बिरामीको आँखा अप्रेसन गरिएको हो।

शिविरमा १ हजार ८ सय ६ जनालाई आँखा जाँच गरेर औषधि वितरण गरिएको छ। फिदिम नगरपालिकाको आर्थिक सहयोगमा जिल्लाको परोपकारी संस्था जनसेवा समाजको आयोजनामा असोज १ गतेदेखि आँखा शिविर सुरु गरेको थियो। शिविरमा मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक तथा नेपाली सेनाको रणशेर गणले स्वयंसेवी भूमिका निर्वाह गरेको आयोजक संस्थाका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिनुभयो।

शल्यक्रिया गरिएका बिरामीका आँखाको पट्टी खोलेर अन्तिम परीक्षणसँगै असोज ५ गते बुधबार शिविरको औपचारिक समापन गरिने अधिकारीको भनाइ छ।