• ६ चैत २०८०, मङ्गलबार

रुखमा कार ठोक्किँदा २ को मृत्यु

blog

लीलाराज खड्का 

बिर्तामोड, असोज ४ गते । पूर्व–पश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका १० स्थित सैनिक चौकमा मङ्गलवार बेलुका ४ : १० बजे कार अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १४ च ९१०८ नम्बरको कार वरको रुखमा ठोकिएर दुर्घटना हुँदा चालक सप्तरी लेगडा –७ बस्ने वर्ष ४४ को बलराम यादव र सुनसरी इटहरी उपमहानगरपालिका १० बस्ने ३० वर्षिया गिता चौधरीको उपचारका क्रममा वीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक अशोककुमार जबेगुले जानकारी दिनुभयो ।

दुर्घटनामा परी सोही कारमा सवार अन्य ४ जना घाइते भएका छन् । कारमा सुन्दर हरैचा ६ बस्ने वर्ष ४० की रीता चौधरी, इटहरी ८ बस्ने वर्ष २७ का तेजन चौधरी, धरान १५ का ३६ वर्षीय दिवशन दास र सोही स्थान बस्ने वर्ष ३३ को राजेश चौधरी घाइते भएका छन् । उहाँहरूको उपचार वीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । दुर्घटनामा परी गाडीमा ठूलो क्षति पुगेको छ ।