• ७ वैशाख २०८१, शुक्रबार

‘सी’ डिभिजन लिग छनोटमा ६० क्लब

blog

काठमाडौं, असोज ४ गते । शहीद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा ६० क्लबको सहभागिता रहने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मङ्गलबार छनोट खेल तालिका  सार्वजनिक गरेको छ ।

सहभागी क्लबलाई २० समूहमा विभाजन गरिएको छ । एउटा समूहमा तीन टोली छन् । छनोट खेल असोज ६ गतेदेखि कात्तिक २४ गतेसम्म चल्नेछ । हरेक समूहको विजेता नकआ चरणमा प्रवेश गर्नेछ ।

नकआट चरणमा पुग्ने टोलीलाई दुई समूहमा विभाजन गरिने र समूहका विजेता दुई टोली ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन् । छनोट हुने दुई टोलीबीच उपाधिका लागि फाइनल भिडन्त गराइले एन्फाले जनाएको छ ।