• १३ वैशाख २०८१, बिहिबार

'अनलाइन ट्यालेन्ट साे' आयोजना हुने

blog

काठमाडौं, असोज ४ गते । अनलाइन ट्यालेन्ट प्रतियोगिताको दोस्रो संस्करण 'अनलाइन ट्यालेन्ट शो' २०२३ घोषणा भएको छ । हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने कार्यक्रममा गायन, वाद्यवादन, नृत्य तथा कमेडी विधामा प्रतिस्पर्धा हुनेछ ।  

'हिमालयन म्युजिक एकेडेमी' अमेरिकाका अध्यक्ष पुष्प गजमेरका अनुसार आफूहरु विदेशमा भए पनि नेपाली भाषा, सङ्गीत, साहित्य र नेपालप्रति समर्पित रहेर साे आयोजना गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार यस कार्यक्रमले विश्वभर छरिएर रहेका नेपालीलाई आफ्नो भाषा, साहित्य, सङ्गीत तथा कलाको माध्यमबाट एकीकृत हुन सघाउनेछ । 

कार्यक्रममा सहभागीहरुलाई मेन्टरद्वारा प्रशिक्षण गराई उत्कृष्ट पाँचका लागि अमेरिकामा नै लैजानले आयोजकको तयारी रहेको छ । अन्तिम प्रतिस्पर्धीले अमेरिकामा हुने कार्यक्रममा प्रतिस्पर्धा गर्नेछन् । विजेताले नगद र आफ्नो दक्षता भएको विधामा उच्च शिक्षाका लागि छात्रवृत्ति र अन्य गिफ्ट ह्याम्पर पुरस्कारस्वरुप पाउनेछन् ।