• ६ चैत २०८०, मङ्गलबार

अमेरिकामा चौबीस हजार मङ्किपक्सका बिरामी

blog

लस एन्जलस, असोज ४ गते । अमेरिकामा २४ हजार जनामा मङ्किपक्स सङ्क्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले क्यालिफोर्निया, न्युयोर्क र फ्लोरिडामा उक्त रोगका बिरामी बढेका बताएको छ ।

केन्द्रका अनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै चार हजार छ सय ५६, न्युयोर्कमा तीन हजार सात सय ५५ र फ्लोरिडामा दुई हजार तीन सय ९८ जनामा  मङ्किपक्स पुष्टि भएको छ । मङ्किपक्स सङ्क्रमण घातक नभए पनि धेरै बिरामीले दुईदेखि चार साताभित्र स्वास्थ्यलाभ गर्दछन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार मङ्किपक्सबाट हुने मृत्यु दर तीनदेखि छ प्रतिशतसम्म छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरूले उक्त रोगको उपाचारका निम्ति उपलब्ध एकमात्र औषधिको अधिक प्रयोग नगर्न सुझाएका छन् । रासस/सिन्ह्वा