विपन्न तेइस जनालाई ह्विलचियर वितरण

काठमाडौँ, जेठ १८ गते । युवा अपाङ्ग सङ्गठन नेपालले २३ जना अपाङ्गता भएकालाई ह्विलचियर वितरण गरेको छ । सङ्गठनले सोमबार यहाँ अपाङ्गता सामग्री वितरण कार्यक्रमको आयोजना गरी आर्थिक रुपमा दयनीय अवस्थामा रहेका उनीहरुलाई ह्विलचियर वितरण गरेको हो ।

कागेश्वरी मनहरा नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम अधिकारीले ह्विलचियर वितरण गर्दै अपाङ्गता भएकाका लागि यस्ता कार्यक्रम अत्यन्त आवश्यक र प्रभावकारी रहेको बताउँदै उहाँहरुका लागि नगरपालिकाबाट उपलब्ध हुनसक्ने सबै प्रकारका सहयोग गर्न आफू प्रतिबद्ध छु भन्नुभयो ।

सङ्गठनका अध्यक्ष प्रकाश श्रेष्ठले विगत सात वर्षदेखि अपाङ्गता भएकाको पुनःस्थापना र हकअधिकारका क्षेत्रमा कार्यरत सो संस्थाले अपाङ्गता भएकाका लागि विभिन्न सचेतना कार्यक्रमका साथै अपाङ्गता सहयोगी सामग्री वितरण गरी सहयोग गर्दै आएको जानकारी दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना