नक्कली बाबु छोरा बनी नागरिकता लिने पक्राउ

तम्घास (गुल्मी),  जेठ १८ गते । नक्कली बाबु र छोरा बनी नागरिकता बनाएको अभियोगमा जिल्ला प्रशासन कार्यालय गुल्मीले दुई जनालाई पक्राउ गरेको छ । शान्तिपुर गाविस–५ निवासी नरबहादुर थापा क्षेत्री र निजका छोरा काजीबहादुर थापा पक्राउ परेका हुन् ।

निजले २०६० चैत १५ मा बाबु नरबहादुरको छोरा काजीबहादुर बनाई जिल्ला प्रशासन कार्यालयबाट नागरिता प्राप्त गरेकामा पुनः दोस्रो पटक २०७३ वैशाख १३ मा बाबुको नाम परिवर्तन गरी उत्तमबहादुर थापा र आफ्नो नाम लोकबहादुर बनाई नागरिकता लिएको प्रमाणको आधारमा दुवै जनालाई पक्राउ गरिएको प्रजिअ प्रदीपराज कँडेलले जानकारी दिनुभयो ।

विषेश सुराकीका आधारमा राहदानीको सिफारिस लिनभनि आएको अवस्थामा उनीहरु जिल्ला प्रशासन कार्यालयबाटै पक्राउ परेका हुन् । उनीहरुको साथबाट जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएका नयाँ र पुरानो दुवै नागरितासमेत बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना