चिनियाँ लामा शेरब दोर्जेको निधन




काठमाडौँ, जेठ १७ गते। विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धस्थित ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण बौद्ध घ्याङ गुठीका अध्यक्ष चिनियाँ लामा शेरब दोर्जेको आइतबार निधन भएको छ ।

असी वर्षीय लामा सामान्य बिरामी हुनुहुन्थ्यो । उहाँ गुरु ल्हाखाङ चिनियाँ लामा गुम्बा र उर्गेन छ्योलिङ गुम्बाको पनि प्रमुख लामा हुनुहुन्थ्यो । बौद्ध र मेलम्ची घ्याङ गुठी क्षेत्रको धार्मिक र सामाजिक काममा महत्वपूर्ण योगदान पु¥याउनुभएका लामाको मङ्गलबार टेकुस्थित रमा ढोली धुकी ९चिहान०मा बौद्ध परम्पराअनुसार अन्तिम संस्कार गरिने गुठीका सचिवसमेत रहनुभएका उहाँका छोरा किरणकुमार लामाले राससलाई बताउनुभयो ।

गुरु ल्हाखाङ चिनियाँ लामा गुम्बाको बौद्ध घ्याङ गुठी कामनपा–६ मा छ भने उर्गेन छ्योलिङ गुम्बाको मेलम्ची घ्याङ गुठी सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाविस–६ मा छ । दुई सय वर्षअघि बौद्ध र मेलम्ची क्षेत्रका गुम्बामा बौद्ध परम्पराअनुसार पूजा सञ्चालनका लागि चीनका लामा ताइखोसिङलाई नेपाल ल्याइएपछि उहाँका सन्ततिलाई चिनियाँ लामा भन्न थालिएको थियो । शेरब दोर्जे उहाँकै सन्तति हुनुहुन्छ ।

ञिङ्मा, शाक्य र कग्युपा लामा गुरुबाट पूजापाठ गरी उहाँको अन्तिम संस्कार मङ्गलबार गरिनेछ । शेरब दोर्जेका श्रीमती र दुई छोरा हुनुहुन्छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना