• १६ चैत २०८०, शुक्रबार

राजकुमार दोङ तामाङको 'हे मेरी आमा' सार्वजनिक

blog

काठमाडौं, असोज ३ गते । गायक एंव सङ्गीतकार राजकुमार दोङ तामाङको स्वरमा सजिएको ‘हे मेरी आमा’ बोलको गीत सार्वजनिक भएको छ । एएस मोक्तान तामाङको शब्द र निर्माण रहेको गीतमा राजन खतिवडाको सङ्गीत रहेको छ । फनिन्द्र राईले सङ्गीत संयोजन गरेको उक्त गीतलाई किशोर थापाले मिक्सिङ गर्नुभएको हो ।

गीतको म्युजिक भिडियोमा युवराज वाइबाले निर्देशन छ भने निशल पौडेलको छायाङ्कन, विकास दाहालले सम्पादन रहेको छ । 

यस्तै, भिडियोमा चाँदनी मोक्तान र कुन्साङ बोम्जनले अभिनय गर्नुभएको छ । बाल कलाकार रिसभ स्याङ्बाकोसमेत अभिनय देख्न सकिन्छ ।