• ८ वैशाख २०८१, शनिबार

जापानमा नानमाडोल आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु

blog

टोकियो, असोज ३ गते । जापानको दक्षिणपश्चिमी टापु क्युसुमा आएको आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस प्रकोपको कारण करिब ७० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

नानमाडोल आँधी सोमबार बिहान एक सय २६ किलोमिटर प्रति घण्टा हावाको गतिमा फुकुओका सहरमा पुगेको जापान टाइम्सले जनाएको छ । यस क्षेत्रका केही भागमा चार सय मिलिमिटर वर्षा हुने अपेक्षा गरिएको मौसमविज्ञान एजेन्सीले बताएको छ । 

यस आँधीका कारण मङ्गलबार होन्सुको ठूलो भूभागमा भारी वर्षा हुने र बाढी र पहिरोको जोखिम निम्त्याउने अनुमान गरेको एजेन्सीले जनाएको छ । जापानको मौसमविज्ञान एजेन्सीले टोकियो र छेउछाउको कानागावा प्रान्तमा बाढी आउन सक्ने चेतावनी जारी  गरेको छ ।

यद्यपि क्युशुको ठूलो भाग र उत्तरपूर्वी प्रान्तहरू बाढीको चेतावनीमा थिए । लगातारको वर्षाका कारण सम्भावित पहिरो र बाढीको जोखिम उच्च रहेका जापान टाइम्सले जनाएको छ । रासस/एएनआई