• ६ चैत २०८०, मङ्गलबार

हाम्रो पात्रो रेमिट र कनेक्ट आइपिएसबीच सम्झौता

डिजिटल रेमिट्यान्स सहज र छरितो बनाइने

blog

हाम्रो पात्रो रेमिटको निमित्त सीइओ सुदिना गौतम र एनसीएचएलका सीइओ निलेश मान सिंह प्रधानबीच सम्झौतापत्रमा हस्ताक्षरपछि ।

काठमाडौं, असोज ३ गते । नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोले कनेक्ट आइपिएससँग सम्झौता गरेको छ । एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एप देश तथा विदेशमा निकै नै लोकप्रिय छ । 

हाम्रो पात्रोभित्र रहेको रेमिट्यान्स सर्भिसको माध्यमबाट हाल अमेरिकाबाट सजिलै नेपाल पैसा पठाउने सुविधा छ। यस सेवालाई प्रभावकारी बनाउन हाम्रो पात्रोले कनेक्ट आइपिएससँग सम्झौता गरेको हो। जस अनुसार लाभार्थीको बैङ्क खातामा सिधै रकम जम्मा गरिन्छ भने यसले हाम्रो पात्रो रेमिटलाई सिधै बैङ्क खातामा आधारित रेमिट्यान्सको लागि सहज बनाउनेछ ।

यसबाट सेवा प्रवाहमा उल्लेखनीय सुधार ल्याउनेछ भन्ने पूर्ण विश्वासका साथ यो सम्झौता गरिएको हो । हाम्रो पात्रो रेमिटको निमित्त सिइओ सुदिना गौतम र एनसीएचएलका सिइओ निलेशमान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

यो अवसरमा हाम्रो पात्रो रेमिट सिइओ सुदिना गौतमले प्रयोगकर्तालाई विश्वास र समर्थनका लागि धन्यवाद दिँदै रेमिट सेवालाई अझै बढी प्रभावकारी बनाउनेमा जोड दिइने बताउनुभएको छ।

तत्कालका लागि रेमिटेन्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैङ्कको खातामा रकम जम्मा हुन्थ्यो भने अब कनेक्ट आइपियसको माध्यमबाट लाभार्थीको बैङ्क खातामा केही घण्टाभित्र रकम जम्मा भइसक्नेछ । उहाँले थप्नुभयो, ‘‘हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्तालाई कम शुल्कमा सजिलै नेपालमा पैसा पठाउने सुविधा दिनु हो ।’’

हाम्रो पात्रो रेमिट, नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त रेमिटेन्स कम्पनी हो र यसले नयाँ प्रविधिहरू प्रयोग डिजिटल रेमिट्यान्सको माध्यमबाट नेपालमा अमेरिकाबाट पैसा भित्र्याइरहेको छ र छिट्टै नै अन्य देशमा पनि रेमिट्यान्स सुविधा सुरु गर्दैछ ।

रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफर सार्वजनिक गरेको छ । जसअनुरूप प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीन पटकसम्म निःशुल्क रूपमा रेमिटेन्स नेपाल पठाउन सक्नेछन् ।

हाम्रो पात्रोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, प्रयोगकर्ताले हाम्रो पात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गरी गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा यहाँ गएर हाम्रो पात्रोको एप डाउनलोड अथवा अपडेट गर्नुपर्नेछ । साथै यहाँ क्लिक गरेर वेबसाइटबाट समेत हाम्रो पात्रोको रेमिट सेवा प्रयोग गर्न सकिनेछ।