डोटी विमानस्थललाई कालोपत्र गरिने

डोटी, जेठ १६ गते । जिल्लाको दिपायलस्थित विमानस्थल कालोपत्र हुने पक्का भएको छ ।

गत वर्षदेखि विमानस्थल कालोपत्रका लागि थालिएको प्रयासले पूर्णता पाउने भएको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले दुई हप्ताभित्र पिक्यु टेन्डरको नतिजा आउने र त्यसको दुई हप्तापछि अन्तिम बोलपत्र आह्वान गरिने बताउनुभयो ।
गत वर्ष नै विमानस्थल कालोपत्रका निम्ति सांसद प्रेमबहादुर आलेमगरसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणका इ बालकृष्ण रेग्मीको एक टोली अनुगमन र नक्साङ्कनका निम्ति दिपायल पुगेको थियो । उक्त विमानस्थल निर्माण गर्नका निम्ति करिब रु.१० करोडको लागत लाग्ने महानिर्देशक गौतमले बताउनुभयो ।

डोटी विमानस्थलका निम्ति रु दुई करोड ५० लाख रकम विनियोजित भइसकेको र बाँकी विनियोजित हुन लागेको रु सात करोड रकमका निम्ति अर्थ मन्त्रालयमा सिफारिस भई अन्तिम प्रक्रियामा रहेको गौतमले बताउनुभयो । डोटी विमानस्थललाई कालोपत्र गर्न गत वर्षकै प्रयासअनुरुप कामअगाडि बढिरहेको उहाँको भनाइ छ । करिब ४९० मि लम्बाइ भएको विमानस्थल १० वर्षदेखि गौचरनमा परिणत भएको थियो ।

सुुदूरपश्चिमको केन्द्रका रुपमा रहेको डोटी विमानस्थललाई सञ्चालन गर्न डोटेलीले यस क्षेत्रका पाँच सांसदलाई अनुरोधसमेत गरेका छन् । डोटीलाई सङ्घीय प्रदेशको राजधानी बनाउने विषयमा बहस चलिरहँदा यहाँको विमानस्थलजस्तो आवश्यक पूर्वाधार ओझेलमा पर्नु विडम्बना भएको दिपायलका हर्क बमले बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना