• १५ चैत २०८०, बिहिबार

सागरलाई अस्ट्रेलियामा स्वर्ण

blog

स्वर्ण विजेता सागर गुभाजु ।

काठमाडौं, असोज ३ गते । नेपालका सागर गुभाजुले अस्ट्रेलियामा भएको सनसाइन कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्णपदक जित्नुभएको छ ।

अस्ट्रेलियाको सनसाइन सहरमा सम्पन्न च्याम्पियनसिपमा सागरले ग्यरोगीतर्फ स्वर्ण जित्नुभएको हो । युएससी स्टेडियममा भएको पुरुष ७४ केजीको फाइनलमा सागरले अस्ट्रेलियाका जेन मेन्सफिल्डलाई हराउनुभयो ।

फाइनल बेस्ट अफ थ्रीमा भएको थियो । जसमा सागरले दोस्रो राउन्डमा नै फराकिलो अन्तरको स्कोर बटुल्दै नतिजा आफ्नो पक्षमा पार्नुभयो । उक्त तौलसमूहमा अमेरिकाका चार्ली बिलगुुड तेस्रो हुनुभयो ।

अध्यययनका लागि गत महिना मात्र अस्ट्रेलिया पुग्नुभएका सागर नेपाली राष्ट्रिय टोलीका खेलाडीसमेत हुनुहुन्छ । उहाँ विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट खेल्दै आउनुभएको थियो । 

सागरले इन्डोनेसियामा भएको १८औं एसियन गेम्स, चाइनमा सम्पन्न आर्मी ओलम्पिक गेम्स र कोरियामा सम्पन्न विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेर खेल्नुभएको छ ।