• ७ वैशाख २०८१, शुक्रबार

मकैबारीमा क्षतविक्षत अवस्थामा बालकको शव फेला

blog

साङ्केति तस्बिर

राजु लामिछाने
रुकुमपश्चिम, असोज ३ गते ।
रुकुम पश्चिममा एक बालकको शव क्षतविक्षत अवस्थामा फेला परेको छ । जिल्लाको आठबिसकोट नगरपालिका–५ गोतामकोटको बिष्ट गाउँनजिकै बालकको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार आठबिसकोट नगरपालिका–५ गोतामकोटका टेकबहादुर विष्टका अन्दाजी १० वर्षीय छोरा विजय विष्टको शव घर नजिकैको मकैबारीमा फेला परेको हो । आइतबार बेलुका विजयकी आमा मकैबारीमा गएको बेला शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार बालकको शव बायाँ खुट्टा छुट्टिएको र पेटभित्रको अङ्ग नभएको अवस्थामा भेटिएको छ । इलाका प्रहरी कार्यालय आठबिसकोटबाट घटनास्थल गएको प्रहरी टोलीले घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । आजै बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइने प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार बालक भदौ ३१ गतेदेखि हराएका थिए । आफन्तको घरमा गएको आशङ्का गरिए पनि आइतबार आफ्नै मकैबारीमा उनको शव भेटिएको हो । घटना रहस्यमय रहेको स्थानीयले बताएका छन् ।