रु.९० लाखको वीमा गरेपनि क्षतिपूर्ति नपाएको गुनासो


छवि पाण्डेय
वुटवल, जेठ १५ गते । बुटवलमा संचालित श्रेष्ठ टेलरिङ सेन्टरले वीमा कम्पनीले आफूलाई अन्याय गरेको भन्दै अदालत जाने भएको छ ।
वि.सं. २०६४ साल चैत्र १८ गते घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीवाट विधिवत रुपमा दर्ता गरि व्यवसाय संचालन गरेको श्रेष्ठ टेलरिङले २०६७ देखि लागु हुने गरि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बुटवल शाखावाट पसलको डेकोरेसनको १० लाख र तयारी तथा विभिन्न किसिमका कपडाको ८० लाख गरि कूल रु.९० लाखको वीमा गराएको संचालक जीवलाल दर्जीले बताउनु भयो  ।
पसल संचालनको क्रममा २०७१ साल चैत्र ११ गते राती आगलागीबाट पसलमा रहेका सम्पूर्ण सम्पति जलेर नष्ट भएको र सोको जानाकारी सहित वीमा कम्पनीमा आगलागी दावी सम्बन्धमा निवेदन दिएको दर्जीले बताउनु भयो ।  वीमा दावीको निवेदन दिएपछि कम्पनीले सर्वेयर खटाएर सबै रिर्पोट लिएको समेत उहाँले वताए ।
कूल रु. १ करोड १० लाख बराबरको आगलागीवाट क्षति भएको र आफूले गरेको कूल बीमा रु.९० लाख भएकोले सोही बमोजिम दावी गर्दा पनि वीमा कम्पनीले विभिन्न बहानावाजी गरी वीमा रकम दिन आनाकानी गरेको दर्जीले बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराउनु भयो ।
वीमा गराउनुको उद्देश्य  नै जोखिम न्यूनिकरण हो भने वीमाको जोखिम पर्दा नपाईनुले पीडित बनाएको दर्जीले वताउनु भयो ।
१४ महिना वितिसक्दा पनि वीमा रकम नपाउँदा न्यायका लागि अदालत र वीमा समितिमा जान बाध्य हुन परेको दर्जीले पत्रकार सम्मेलनमा वताउनु भयो ।  सो सम्बन्धमा वीमा कम्पनीका सर्वेयर गोविन्द लामिछानेले पसल संचालकले मुल्याकन गर्ने आवश्यक डकुमेन्ट उपलब्ध नगराउँदा रिपोर्ट बनाउन नसकिएकाले वीमा रकम दिन नमिल्ने वताउनु भयो । उता पसल सञ्चालक दर्जीले सबै कागजात जलेर नस्ट भएकाले डकुमेन्ट उपलब्ध गराउन नसकेको वताउनु भयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना