कालिगण्डकी ए मा विद्युत् उत्पादन फेरि शुरु

अर्जुन काफ्ले

स्याङ्जा, जेठ १५ गते । स्याङ्जाको श्रीकृष्णगण्डकी गाविसमा रहेको देशकै सबैभन्दा ठुलो जलबिद्युत आयोजना कालीगण्डकी ए मा बिद्युत उत्पादन शनिबारबाट सुचारु भएको छ ।

गत मंगलबारबाट  बिद्युत गृहको मर्मतको लागि भन्दै बिद्युत उत्पादन बन्द गरिएकोमा । १४४ मेगावाट बिद्युत उत्पादन गर्न सक्ने क्षमता रहेको कालिगण्डकी एमा दुई वटा टर्वाइन मर्मतपछि उत्पादन सुचारु भएको गृहका प्रमुख श्रीरामराज पाण्डेले जानाकारी दिनुभयो ।

उहाँले गृहको मर्मतपश्चात् दुई वटा टर्वाइनबाट पुर्णरुपमा ४८÷४८ मेगावाट बिद्युत उत्पादन हुन थालेको बताउनुभयो । तीनवटा टर्वाइन मध्ये दुईमा उत्पादन र एक टर्वाइनको मर्मत कार्य जारि रहेको जानाकारी दिनुभयो ।

तेस्रो ट्र्वाइन एक महिना भित्रमा मर्मत गरि उत्पादन सुचारु गरिने पनि जानकारी दिनुभयो ।  साथै उहाँले एक महिनापछि बिद्युत गृहमा पूर्णक्षमतामा संचालन हुने पनि बताउनुभयो ।

टर्वाइन मर्मत अघि पानीको अभाब र टर्वाइनमा देखिएको गडबढीले ९० मेगावाट मात्र बिद्युत उत्पादन हुँदै आएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना