सिंहदरबारको पुनःनिर्माणमा विवाद

singhdarbar jpgकाठमाडौँ, जेठ १५ गते ।  भूकम्पबाट क्षतिग्रस्त मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मूल भवन भत्काएरै बनाउने वा बलियो हुने गरीे पुनःनिर्माण गर्ने भन्ने विषयमा विवाद उत्पन्न भएको छ ।  
पुरातत्व विभाग एक सय वर्ष नाघेको पुरातात्विक महत्वको सिंहदरबार केही बढी खर्च लागे पनि नभत्काई हालकै अवस्थामा मजबुत बनाउनुपर्छ भन्नेमा छ भने सिंहदरबार पुनःनिर्माण आयोजना भूकम्पले सारै कमजोर बनाएको यो भवन नभत्काई बनाउन नसकिने अडानमा छ ।  
पुनःनिर्माणका क्रममा यी दुई प्रकारका कार्य विधि प्रस्तुत भइरहेका छन् ।  पुरातत्व विभागका डिभिजनल इन्जिनियर सम्पत घिमिरे सिंहदरबारको पश्चिमतर्फको मूल भवन नभत्काई बलियो बनाउन सकिने राय आफूबाट प्रस्तुत भएको तर आयोजनाले पूरै भवन नभत्काई नहुने राय राखेको बताउनुहुन्छ ।  
सिंहदरबार पुनःनिर्माण आयोजना प्रमुख तथा सहरी विकास विभागका सहसचिव पदम मैनाली भन्नुहुन्छ, भूकम्पले निकै क्षति भएको भवनमा सिंहदरबार पर्छ, इँटा गारो सबै अति कमजोर छन्, भवन नभत्काई पुनःनिर्माण हुन सक्ने अवस्था छैन ।  तर, भवन भत्काउने वा पुनःनिर्माणका लागि नभत्काई बलियो प्रकारले बनाउन सकिने प्रविधि अपनाउने भन्ने विषयमा दुवै निकाय सरकारको उच्च तहबाट हुने निर्णयको प्रतीक्षामा देखिएका छन् ।
पुरातत्व विभागले आफ्नै कानुन र मर्यादाअनुसार पूरै भवन भत्काएर पुनःनिर्माण गर्न स्वीकृति दिन सक्दैन, अन्य उपाय वा प्रविधि छन् भने उपयोग गरेर सम्पदा बचाउनुपर्छ, सिंहदरबार निकै महत्वको पुरातात्विक सम्पदा रहेकाले विभागले नियम मिचेर केही गर्न सक्ने अवस्था छैन ।  
हाल वर्षाले बढी क्षति नपु¥याओस् भनेर दरबारको सिंह रहेको छत क्षेत्रमा प्लास्टिक ओढाउने कार्य भइरहेको छ ।  यसो त सिंहदरबारमा आगलागी भएपछि पछिल्लो भाग नयाँ प्रविधिबाटै पुनःनिर्माण गरिएको हो, आयोजनाले यो तथ्य पनि उठाएको छ, तर आगलागी हुँदाको ऊ बेलाको अवस्था हाल नभएकोले भरिसक्य भवन नभत्काएरै बलियो बनाउन सकिने प्रविधि अपनाउन आयोजनालाई सुझाव दिइएको डिभिजनल इन्जिनियर घिमिरे भन्नुहुन्छ ।
सिंहदरबारको मूल पश्चिम ढोेकामा भने हालै पुरानै शैली जीवन्त रहनेगरी मर्मत तथा रङगरोगन गरिएको छ ।  सार्क सम्मेलन ताका इनामेलले कला आकृति बिगारेको सिंहदरबार पश्चिम प्रवेश मूलद्धारलाई चन्द्र शमशेरकालीन साविक कलामा मर्मत गरिएको थियो ।  सिंहदरबार चन्द्र शमशेरले निर्माण गराएका हुन् ।   
हनुमानढोका पहिलेजस्तै बनाइने
हनुमानढोका दरबार क्षेत्रको पुनःनिर्माणमा सांस्कृतिक र ऐतिहासिक पक्षलाई महत्व दिइने सम्बन्धित पक्षले जनाएको छ ।  सन्ध्या टाइम्स सञ्चार सहकारी संस्थाले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा हनुमान ढोका दरबार पुनःनिर्माण कार्यक्रमका प्रमुख उदय पसखल (श्रेष्ठ)ले क्षतिग्रस्त भौतिक सम्पदा पहिले जस्तै तयार गरिने बताउनुभयो ।
प्रमुख पसखलले भन्नुभयो, ‘गत वर्ष वैशाख १२ गतेको भूकम्पले भत्काएका सांस्वृmतिक तथा ऐतिहासिक धरोहर हनुमानढोका परिसरमा रहेका काष्ठमण्डप र सिंह सतल अहिले प्राथमिकतामा रहेको छन् । ’ करिब १९ करोड रुपियाँको लगानीमा हनुमानढोका दरबार क्षेत्र पुनःनिर्माणको योजना तयार भएको छ ।
कार्यक्रममा क्षतिग्रस्त भौतिक सम्पदा नीति नियमभित्र रहेर निर्माण नगरेमा विशेष सम्पदा क्षेत्रबाट हट्न सक्ने खतरा भएको चिन्ता सरोकारवालाले व्यक्त गरेका थिए ।  प्रमुख पसखलले महानगरपालिकाले स्वेच्छाले पुनःनिर्माण गर्ने अधिकार नभएको र यसका लागि पुरातत्व विभागसँगको समन्वयमा कार्य भइरहेको जानकारी दिनुभयो ।  उहाँका अनुसार अहिले नै पुनःनिर्माणको सफा तस्बिर आइनसकेको भन्दै स्थानीय गुठी, क्लबलगायत सरोकारवाला सबैसँग मिलेर पुनःनिर्माणको तयारीमा जुट्ने वचन दिनुभयो ।
सो कार्यक्रममा नेवाः स्वायत्त राज्य मंकाः सङ्घर्ष समिति सचिवालयका संयोजक मल्ल के सुन्दरले पुनःनिर्माणमा क्षतिग्रस्त भौतिक सम्पदा कसरी पहिले जस्तै बनाउने र अभौतिक सांस्वृmतिक सम्पदाको जीवन्ततालाई कसरी कायम राख्ने भन्नेतर्फ ध्यान जानुपर्ने औँल्याउनुभयो ।  
सन्ध्या टाइम्सका अध्यक्ष रमेशकाजी स्थापितले पुनःनिर्माण सहज नभएको र सानो गल्तीले पनि ठूलो अपजस व्यहोर्नुपर्ने भएकाले सबै सरोकारवालासँग मिलेर मात्र पुनःनिर्माणको कार्य अगाडि बढाउन सल्लाह दिनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना