• ६ चैत २०८०, मङ्गलबार

प्रबन्धक रञ्जितलाई पत्नी शोक

blog

स्वर्गीय दुर्गालक्ष्मी रञ्जित ।

गोरखापत्र अनलाइन

काठमाडौं, असोज २ गते । गोरखापत्र संस्थानका प्रबन्धक जुजुकाजी रञ्जितलाई पत्नी शोक परेको छ । उहाँकी श्रीमती दुर्गालक्ष्मी रञ्जितको ५४ वर्षको उमेरमा आइतबार निधन भएको छ । उहाँको पार्थिव शरीरलाई आइतबार साँझ नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरियो  । 

करिब चार महिनाअघि उहाँलाई पेटको क्यान्सर भएको पुष्टि भएको थियो । ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारपछि शुक्रबार मात्रै उहाँलाई घरमा ल्याइएको थियो । स्वर्गीय दुर्गालक्ष्मीका एक छोरा जयन्त रञ्जित हुनुहुन्छ ।