• ६ चैत २०८०, मङ्गलबार

'गरिबको दशैं' सार्वजनिक (भिडियो)

blog

काठमाडौं, असोज २ गते । लोकदोहोरी क्षेत्रकी चर्चित गायिका शान्तिश्री परियार र बाल गायक सुप्रिम मल्ल ठकुरीको स्वरमा सजिएको ‘गरिबको दशैं’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘बोध अनलाइन टिभी’ नामक युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो।

दशैं फेरि पनि नेपालीहरूको घर आँगनमा आउनै लाग्दा बिदेसिएका नेपाली दाजुभाइहरूको भावनालाई समेट्दै यो गीत सार्वजनिक गरिएको गीतकार बोध श्रीले बताउनुभयो ।

गीतमा सङ्गीत गायक केशव भावुकको रहेको छ भने यसै भिडियोमार्फत गायक भावुक निर्देशन समेत होमिएका छन् । उहाँको यो डेब्यु निर्देशन हो।

गीतलाई राजु कार्कीले सङ्गीत संयोजन गर्नुभएको छ । गीतमा दशैं दशा बनेर आएको एक घत लाग्दो कथा बुनिएको छ । ‘आयो दशैं ढोल पिटाई, गयो दशैं ऋण बोकाइ’ भन्ने पुरानो नेपाली उखान गरिब–गुरुबाहरूको हकमा आज पनि लागु हुन्छ । खरिद गर्न सक्ने र धान्न सक्नेले त दशैं राम्रैगरी मनाउलान् । तर गरिब तथा असहायको हकमा दशै जहिले पनि पिडादायक हुने गरेको छ ।

म्युजिक भिडियोमा गीतकार बोध श्री, रेशम फिरिरि मुख्य भूमिकामा फिचर्ड छन् भने बालकालकार विधान मैनालीको समेत अभिनय रहेको छ । नरेश ऐरले छायाङ्कन गर्नुभएको यस भिडियोलाई रोनित बिशुन्खेले सम्पादन गर्नुभएको हो ।